भरतपुरमा निषेधित क्षेत्र शान्त तर बाहिर निरन्तर झडप (तस्बिरहरु)

भरतपुरमा निषेधित क्षेत्र शान्त तर बाहिर निरन्तर झडप (तस्बिरहरु)
+
-

भरतपुर: रवि लामिछाने समर्थकको प्रदर्शन उग्र बन्दै गएपछि चितवनको भरतपुरमा जिल्ला प्रशासनले निषेधित क्षेत्र तोकेपनि झडप भने रोकिएको छैन। निषेधित क्षेत्रबाहिर प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको छ। प्रदर्शनकारीले ढुंगा हान्ने र प्रहरीले प्रतिरक्षाका लागि लाठी बर्साइरहेका छन्।

आत्महत्या दुरुत्साहन कसुरमा पक्राउ परेका रविसहित तीनजनाविरुद्ध अहिले चितवन जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ। स्थानीय प्रशासनले जिल्ला अदालतको करिब पाँच सय मिटरको दुरीभित्र पाँच जनाभन्दा बढीको समूहमा हिँड्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ।

तर प्रदर्शनकारीले भरतपुरका विभिन्न क्षेत्रमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। रविलाई फसाउन खोजिएको भन्दै उनका समर्थकले दिनहुँजसो प्रदर्शन गरिरहेका छन्।

पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि, युवराज कँडेल र अस्मिता कार्कीलाई चितवन प्रहरीले पक्राउ गरेको थियो। आत्महत्याअघि रेकर्ड गरिएको भनिएको भिडियोमा पुडासैनीले आफु रवि, युवराज र अस्मिताका कारण मर्न बाध्य भएको उल्लेख गरेका थिए।

चितवन जिल्लाका मुख्य न्यायाधिश हेमन्त रावलको इजलासमा थुनछेक बहस भइरहेको छ। प्रहरीले तीनै जनालाई हिरासतमा लिएको ११ औँ दिनमा जिल्ला सरकारी वकिल कार्यालयले आइतबार अदालतमा अभियोग पत्र दर्ता गरेको थियो। अदालतमा आइतबार अस्मिताको बयान सकिएको थियो भने सोमबार रवि र युवराजको बयान लिने काम भएको थियो।

सरकारी वकिल कार्यालयले तीनै जनाविरुद्ध पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना मागदावी गरेका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?