आउँदै छ अर्को ऐस्टेरायड

आउँदै छ अर्को ऐस्टेरायड
+
-

अगस्ट १० मा २००६ क्युक्यु २३ नाम गरेको ऐस्टेरायड पृथ्वीबाट नजिक हुँदै आफ्नो परिक्रमा पथमा अघि बढेको थियो । अन्तरिक्ष एजेन्सी नासाले यस्तै एउटा अर्को आकाशीय पिण्ड पृथ्वी नजिक आउने क्रममा रहेको बताएको छ ।

मंगल ग्रह र बृहस्पति ग्रहबिचको आकाशमा लाखौँ खगोलीय पिण्ड छन् । सूर्यको परिक्रमा गर्ने क्रममा परिक्रमा पथमा यी पृथ्वीको नजिक भएरअघि बढ्छन् ।

नेपालीमा क्षुद्रग्रह (ऐस्टेरायड) भनिने यस्ता पिण्ड आफ्नो परिक्रमा पथमा पृथ्वीको नजिक आउँदा वैज्ञानिक चिन्तित हुने गर्छन् । यसको कारण, जुनसुकै आकार, प्रकार वा तौलका यी पिण्ड पृथ्वी नजिक भएर जानेक्रममा पृथ्वीको गुरुत्वाकर्षणाले तानेर पृथ्वीमा खस्न सक्छन् । अत्यन्त तीव्र गतिले सञ्चालित यस्ता पिण्ड पृथ्वीमा खस्दा ठूलो हानी–नोक्सानी हुन सक्छ ।

यस विषयसँग सम्बन्धित वैज्ञानिकहरुका अनुसार पृथ्वी अस्तित्वमा आएदेखि अहिलेसम्म कम्तिमा तीनपटक यस्ता पिण्ड खसेर पृथ्वी तहस नहस भइसकेको छ । पृथ्वीमा डायनोसर युगको अन्त्य यस्तै कुनै एस्टेरायड वा वामन ग्रह (ड्राफ प्लानेट) खसेर भएको थियो ।

नासाका वैज्ञानिकहरुका अनुसार २३, १०० किमी प्रतिघण्टाको वेगले एउटा ऐस्टेरायड पृथ्वीतिर आइरहेको छ । वैज्ञानिकको अनुमान अनुसार यसको लम्बाई झण्डै २१३२ फिट छ ।

नासाका वैज्ञानिकले यस ऐस्टेरायडलाई २००० क्यु डब्ल्यु ६ नाम दिएका छन् । यो झण्डै पृथ्वीको सबैभन्दा अग्लो संरचना बुर्ज खलोफाको हाराहारी जत्रो खगोलीय पिण्ड हो । नासाका अनुसार आउँदो १४ सेप्टेम्बरका दिन (आजको १६ दिनपछि) पृथ्वीको सर्वाधिक नजिक हुन्छ । यस दिन यो एस्टेरायड र पृथ्वीबीचको दूरी जम्मा ५३ लाख किलोमिटर हुनेछ ।

पृथ्वी र चन्द्रमाबीचको दूरी ३ लाख ८४ हजार किलोमिटर हुनेछ । पृथ्वी र चन्द्रमा बीचको दूरी ३ लाख ८४ हजारु किलोमिटर छ । चन्द्रमा र पृथ्वीको दूरीको तुलनामा पृथ्वी र यस एस्टोरायडको दूरी झण्डै १४ गुणा बढी हुनेछ ।

यो एस्टेरायड पनि ‘अटेन’ श्रेणीको उस्टेरायडमा पर्छ । खगोलवीदहरुले सूर्यको परिक्रमा गर्दा पृथ्वी नजिकबाट भएर जाने खगोलीय पिण्डहरुलाई ‘अटेन’ श्रेणीका पिण्डमा राख्ने गरेका छन् ।

खगोलवीदहरुको परिभाषामा पृथ्वी र सूर्यबीचको दूरी १४ करोड ९६ लाख किलोमिटर, यसलाई खगोलीय भाषामा १ ‘एस्ट्रोनोमिलक यूनिट’ दूरी भनिन्छ, यो भन्दा कम दूरीबाट गुज्रिने खगोलीय पिण्डहरुलाई पृथ्वीको नजिक आएको मानिन्छ ।

१४ सेप्टेम्बरमा पृथ्वीको नजिक आउने एस्टेरायड २००० क्लु डब्लु ७ प्रत्येक ६९५६ दिनमा आफ्नो परिक्रमा पथमा पृथ्वीको नजिक हुँदै जाने गर्छ । यो अवधि भनेको १९.०४ वर्ष हो ।

यो भन्दा पहिला सन् २००० को सेप्टेम्बरमा यो पृथ्वी नजिक हुँदै गएको थियो। १४ सेप्टेम्बर २०१९ पछि १९ अक्टुबर सन २०३८ मा यो पुनः पृथ्वी नजिक भएर जान्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?