स्पष्ट खाका बिनै चिनियाँ पक्षसँग सीमा सुरक्षा वार्ता, औपचारिक निर्णय हुन सकेन

स्पष्ट खाका बिनै चिनियाँ पक्षसँग सीमा सुरक्षा वार्ता, औपचारिक निर्णय हुन सकेन
+
-

हुम्ला – सीमा जोडिएका दुई देशका स्थानीय अधिकारीहरुबिच चीनको बुराङ काउण्टीमा बसेको सीमा सुरक्षा वार्ता स्पष्ट खाका तय गरी पुनः बस्ने गरी टुङ्गिएको छ । चिनियाँ पक्षले सिमानाका बारेमा केही कुरा उल्लेख गरेर हस्ताक्षर गर्ने कुरा ल्याउँदा नेपाली पक्षले त्यसो गर्न स्थानीय अधिकारीलाई अधिकार नभएको जनाएपछि वार्ता अनौपचारिक रुपमा टुङ्गिएको हो ।

डेढदेखि दुई घण्टासम्म चलेको अनौपचारिक वार्तामा चिनियाँ पक्षले सीमा सुरक्षा, अवैध कारोवार, निकासी, पैठारी, सीमा स्तम्भ, चीन विरोधी गतिविधि, दुई देशका संयुक्त सुरक्षा दस्ता राख्ने लगायतका कुरालाई दस्ताबेजीकरण गरेर हस्ताक्षर गर्ने प्रस्ताव गरेपछि त्यो अधिकार गृह मन्त्रालयले स्थानीय अधिकारीलाई नदिएको जानकारी वार्तामा गराएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन् । उनले भनिन्, ‘हस्ताक्षर गर्न नसकिने कुरामा गर्ने कुरै भएन, अनौचारिक रुपमा भएको छलफल अनौपचारिक रुपमै सकियो ।’

यद्यपि स्थानीय अधिकारीको नाताले कतिपय कुरामा भने हस्ताक्षर गर्न सकिने हुन्छ । जस्तो सीमा हुने अपराध नियन्त्रण, मानव ओसार पसारका विषय । यी विषयमा रसुवा, सिन्धुपाल्चोक र केरुङ्गले पनि गरेको चिनियाँ पक्षले नेपाली अधिकारीलाई अवगत गराएको थियो ।

तर प्रजिअ भट्टराई नमानेको श्रोतले बतायो । त्यसपछि हस्ताक्षर नहुने भए आगामी दिनमा यसलाई आ–आफ्ना देशको केन्द्रीय सरकारसँग आदेश लिने र समन्वय गरी यी कुरालाई समेटेर दस्तावेज तयार गर्ने कुरा छलफल गरी वार्ता टुङ्गिएको वार्तामा सहभागी नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामाले बताए ।

चीनको बुराङ काउण्टीको सिमानामा रहेको चिनीया सुरक्षा पोष्टमा वार्ता भएको थियो । त्योसँगै वार्ताका क्रममा नेपाली पक्षले धेरै पहिलेदेखि हुम्लाबासीले मानसरोवर कैलाशको धार्मिक यात्रा सहज बनाउन पहल गर्नु पर्ने भन्ने विषयले प्रवेश नै पाएन । यो कुरा बर्सेनि नेपाली पक्षले उठाउँदै आएको भएपनि चिनियाँ पक्षले आलटाल गर्दै आएको छ ।

हरेक वर्ष हुने सीमा सुरक्षा सम्बन्धी दुई देशका स्थानीय अधिकारीबिचको वार्ता यस वर्ष केही समय ढिलो भएको हो । वार्ताका लागि प्रजिअ भट्टराई, सीमा जोडिएका गाउँपालिका नाम्खाका अध्यक्ष बिष्णु बहादुर लामा, सिमकोट गापाका अध्यक्ष पदमबहादुर लामा र खार्पुनाथ खार्पुनाथ गापाका अध्यक्ष कर्णबहादुर रावल सहभागी थिए ।

त्यसैगरी सीमा वार्ताका लागि प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तिमगर, सशस्त्र प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका डिएसपी सञ्जीव चौधरी र उद्योग बाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङको सहभागिता रहेको थियो । यसअघि सुरक्षा अधिकारीलाई मात्र सीमा वार्ताका लागि आमन्त्रण गर्दै आएकोमा यस पटकबाट सीमा जोडिएका गाउँपालिकाका अध्यक्षहरुलाई पनि चिनियाँ पक्षले आमन्त्रण गरेको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?