हाम्राे पार्टीले उप-चुनाव बहिस्कार गर्छः माेहन वैद्य

हाम्राे पार्टीले उप-चुनाव बहिस्कार गर्छः माेहन वैद्य
+
-

बुटवल– नेकपा क्रान्तिकारी (माओवादी) का महासचिव मोहन वैद्य किरणले सरकारले लोकतान्त्रिक अभ्यासको नाममा फाँसीवादी अभ्यास गरिरहेको आरोप लगाएका छन्।

बुटवलमा क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव किरणले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध लगाउनेदेखि रेशम चौधरीमाथिको मुद्दाले सरकारको फाँसीवादी चरित्र देखिएको दाबी गरे।

‘रेशम चौधरीमाथि राज्य पक्षबाट अन्याय भएको छ, टीकापुर घटना राजनीतिक हो, राजनीतिक रूपमै समाधान खोज्नुपर्छ’, उनले भने, ‘विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउनु संविधान विपरितको काम हो, यी घटनाले पनि सरकारको चरित्रबारे बताउँछन्।’

नाममा कम्युनिष्ट भएपनि चरित्रमा सत्तारुढ दल नेकपा कम्युनिष्ट नभएको बताउँदै उनले राष्ट्रियता, जनजिविका र जनतन्त्रको पक्षमा सामान्य सुधारका कार्यक्रम पनि ल्याउन नसकेको बताए।

संसदीय प्रणालीको विरोध गर्दै आएका नेता वैद्यले संसदीय चुनाब ठेकेदारी र पैसाको चलखेलका आधारमा जितहार हुने गरेको र जनमतको कदर नहुने गरेकोले आफ्नो पार्टीले उपचुनाव बहिस्कार गर्ने निर्णयमा पुगेको बताए।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाटै मन्त्रीपरिषद्को बैठक सञ्चालन गर्नु उपयुक्त नभएको टिप्पणी गरे।

मुलुकमा गम्भिर परिस्थिति आइपरेको अवस्थामा मात्रै सत्ता साझेदार दल र विपक्षी दलहरुको सहमतिमा विदेशबाटै मन्त्रिपरिषद् बैठक सञ्चालन गर्न सकिने भए पनि अहिले विदेशबाटै मन्त्रीपरिषद् बैठक सञ्चालन गर्नुपर्ने मुलुकमा त्यस्तो केही गम्भिर परिस्थिति नभएकोले सो बैठक अनुपयुक्त भएको टिप्पणी गरे।

अमेरिकाको इण्डोप्यासिफिक आयोजना र चीनको बिआरआई आयोजना दुवैमा सहमति जनाएर वर्तमान सरकारले दोहोरो चरित्र देखाएको भन्दै उनले भने, ‘भारत गयो भारतसँग ठिक्क, चीन गयो चीनसँग ठिक्क र अमेरिका गयो अमेरीकासँग ठिक्क बन्ने नीति लिएको देखिन्छ, यो गलत छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?