महिला न्यायाधीशहरु न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्छः प्रधानन्यायाधीश राउत

महिला न्यायाधीशहरु न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्छः प्रधानन्यायाधीश राउत
फाइल तस्बिर ।
+
-

काठमाडौं- प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महिला न्यायाधीशहरु नेपालको न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्ने बताएका छन् ।

सोमबार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन- २०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले युस्तो बताएका हुन् ।

उनले आफ्नो तर्फबाट महिलाहरुलाई न्यायालय र न्यायप्रणालीको गौरव बनाउने कुरामा सकेको सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले गौरव सहजै प्राप्त नहुने भन्दै न्याय सम्पादनको कुरामा अविचलित अडान राख्दा, निष्पक्षता कायम गर्दा, विवेकपूर्ण निर्णय गर्दा, स्वच्छता कायम गर्दा मात्रै गौरव प्राप्त हुने जिकिर गरे । महिला न्यायाधीशहरुले न्यायपालिकाको गरिमा र मर्यादा अभिवृद्धि गर्नसक्ने पनि बताए ।

प्रधानन्यायाधीश राउतले भने,’महिला न्यायाधीशहरु नेपालको न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्दछ । यसमा म तपाईंहरुलाई मेरातर्फबाट मैले जुन भुमिका निर्वाह गर्नुपर्दछ, म शुभकामना, बधाई दिन चाहन्छु । म तपाईंको लागि कुनै सहयोग गर्नपरे कुनै कसर बाँकी राख्नेछैन । यो महिला न्यायाधीशहरुको गौरवको कुरा गर्दा त्यो गौरव त्यसै आउँदैन । न्याय सम्पादनको कुरामा अविचलित अडान राख्दा, निष्पक्षता कायम गर्दा, विवेकपूर्ण निर्णय गर्दा, स्वच्छता कायम गर्दा मात्रै त्यो गौरव प्राप्त हुन्छ । न्यायपालिकाको गरिमा र मर्यादा अभिवृद्धि हुनसक्छ ।’

प्रधानन्यायाधीश राउतले अहिलेको न्यायालयको नेतृत्वले न्यायिक सुधारलाई प्राथमिकता दिएर अघि बढिरहेको बताए ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…