डेंगु प्रकोपको प्रमुख कारक, थोत्रा टायर र बस्तीमाझका कवाडीखाना

डेंगु प्रकोपको प्रमुख कारक, थोत्रा टायर र बस्तीमाझका कवाडीखाना
+
-

पोखरा – डेंगुको संक्रमण पोखरामा दिनप्रतिदिन फैलँदो छ । साउन १६ गते पहिलोपटक पोखरा ८ शिवालयचोकमा १ व्यक्तिमा देखिएको संक्रमण शनिबारसम्म ४ सय ६० जनामा फैलिसकेको छ ।

विगत ३ वर्षदेखि पोखरामा निरन्तर डेंगुको प्रकोप देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ मेडिकल अफिसर डा. भोजराज गौतम बताउँछन् । त्यसयता लगातार शिवालयचोकबाट नै डेंगु संक्रमण सुरु भएको छ । शिवालयचोकबाटै डेंगु फैलिनुको मुख्य कारण भने त्यहाँ रहेका कवाडीखाना नै रहेको स्थानीय बताउँछन् ।

‘यसअघिका वर्षमा डेंगुको प्रकोप यहीँबाट देखिँदा हामीले पटकपटक ध्यानाकर्षण गराएका थियौँ’ शिवालयचोक टोल विकास संस्थाका अध्यक्ष गिरिधारी अधिकारीले भने, ‘आवादी क्षेत्रमा रहेका कवाडीखाना नहटाएसम्म डेंगु नियन्त्रण हुन सक्दैन ।’

संक्रमण फैलिइसकेपछि नियन्त्रण गर्न हम्मे पर्ने स्थिति आउँदासम्म पनि उक्त कवाडीखाना अन्यत्र सार्न सरकारी प्रयास नभएको उनले गुनासो पोखे ।

‘सय मिटरमा ३ वटा कवाडीखाना छन् । एउटा कवाडीखानामा अझै पनि ५० भन्दा बढी थोत्रा टायर छन्’ उनले भने, ‘हामीले गएर तान्न पनि नमिल्ने । यहाँबाट अन्त जाऊ भन्न पनि नसकिने, वडा कार्यालयमा निरन्तर लिखित र मौखिक गुनासो गर्दै आएका छौँ । काम भएको छैन ।’
लामोसमयसम्म पानी जम्ने भाँडा नष्ट गर्ने क्रममा स्थानीयमाथि नै आक्रमणसम्मको प्रयास हुँदा आफूहरुले केही गर्न नसकेको उनी बताउँछन् । ‘नजिकै प्रहरी छन् । महानगरका नगर प्रहरी पनि छन् । हामीमाथि आक्रमणसम्मको प्रयास हुँदा उहाँहरु नबोली बस्नुभयो । हाम्रो एकल प्रयासले मात्रै केही लागेन’ अधिकारीको गुनासो छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश र पोखरा महानगरले केही दिनयता टोलटोलमा डेंगुसम्बन्धी सचेतनामूलक माइकिङ्ग गरेको छ ।
त्यसप्रति पनि अध्यक्ष अधिकारीको असन्तुष्टि छ । ‘जहाँबाट डेंगु उत्पादन भइरहेको छ त्यता ध्यानै दिइएको छैन । भाषण र प्रचारका लागि मात्रै बजेट सक्ने जस्तो चटारो देखियो,’ उनले भने ।

गण्डकी प्रदेश सरकारले डेंगु नियन्त्रणका लागि भन्दै २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । बजेट सक्नेगरी भन्दा पनि प्रभावकारी नियन्त्रणमा महानगरपालिका र प्रदेशको संयन्त्र लाग्न उनको आग्रह छ ।

बाक्लो बस्ती, जनसंख्याको अत्यधिक चाप रहेको शिवालयचोक बजार क्षेत्रमै पर्छ । त्यसक्षेत्रमा अन्यत्रबाट आउने मानिसहरुको ‘फ्लो’ पनि उत्तिकै छ ।
त्यसनजिकै रहेको पृथ्वीचोकमा अस्तव्यस्त बसपार्क छ । बसपार्क क्षेत्रमा अव्यवस्थित सुकुमबासी बस्ती।

झण्डै ८ सय परिवार रहेको उक्त क्षेत्रमा खानेपानीको धारा छैन । खानेपानीको धारा नहुँदा ट्यांकरबाट वा वर्षाको पानी जम्मा गरेर नियमित प्रयोग हुँदै आएको छ ।

सफा पानीमा एडिस एजिप्टाई जातको पोथी लाखुट्टेका लागि फूल पार्न अनुकुल हुने निर्देशनालयका डा. गौतम बताउँछन् ।

थोत्रा टायर, प्लाष्टिक तथा फलामका डब्बामा वर्षात्को पानी जम्ने हुँदा जमेको पानीमा एडिस एजिप्टाई नामक पोथी लामखुट्टेले प्रशस्त फूल पार्ने गर्दछ ।

दैनिक घरेलु प्रयोजनका लागि जम्मा गरिएको पानी सुरक्षित व्यवस्थापन नभएका कारण लामखुट्टे वृद्धिमा सहयोग पुगेको चिकित्सकको भनाई छ ।

उक्त जातको लामखुट्टे दिउँसोको समयमा सक्रिय हुने र मानिसलाई टोक्ने गर्छ । टोकाइको केही दिनमै ज्वरो आउने, शरीर दुख्ने तथा रक्तश्राव हुने लक्षण देखिन्छ ।

लामखुट्टेको वृद्धि विकास रोक्न अव्यवस्थित कवाडीखानामा छरिएका सामग्री नष्ट गर्नुपर्ने साथै बस्तीछेउबाट अन्यत्र सार्नुपर्ने सरोकारवालाहरुले आवाज उठाउँदै आएका छन् ।

पोखरामा डेंगु संक्रमणको जड तिनै कवाडीखाना र अव्यवस्थित बसपार्क देखिएको छ । उक्त क्षेत्रबाटनै संक्रमण फैलिने र बिरामीको संख्या पनि उच्च संख्यामा देखिएको जनस्वास्थ्य कार्यालय कास्कीले जनाएको छ ।

मोटर वक्स, कवाडीखाना र सार्वजनिक स्थलको सरसफाइ गर्न पछिल्लो समय नागरिकस्तरबाट समेत पोखरामा प्रयास थालिएको छ । वर्क्ससपमा राखिएका थोत्रा टायरमा जमेको पानी खन्याउँदै वडासहित टोल विकास संस्थाका प्रतिनिधिहरु । टायरमा जमेको पानीमा लामखुट्टले फूल पार्ने हुँदा त्यस्ता सामग्री नस्ट गर्ने अभियान चलाइएको छ । तस्बिरः देश सञ्चार

वडा ८ मा १ सय २१ र वडा ९ मा १ सय ३० जना बिरामी रहेको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले जानकारी दिए ।
अस्पतालमा काम गर्ने डाक्टर र नर्सहरुमासमेत डेंगुको संक्रमण देखिएको छ । बिरामीहरुको उपचार पोखराका सरकारी तथा निजी अस्पतालमा भइरहेको निरीक्षक बरालले जानकारी दिए । पृथ्वीचोक, सभागृह, सृजनाचोक क्षेत्रमा खटिएका ट्राफिक प्रहरीमासमेत डेंगुको संक्रमण देखिएको छ ।

डेंगुको संक्रमण देखिएपछि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालय र पोखरा महानगरपालिकाबाट समेत ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरिदैँ आएको छ ।

मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले उक्त अभियानमा सघाएका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पोखराका विभिन्न वडाहरुमा सामुदायिक सेवा केन्द्रको पहलमा सचेतनामूलक ¥याली आयोजना हुँदै आएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?