चन्द्रयान-२ अब चन्द्रमाको सबैभन्दा तल्लो ओर्बिटमा स्थापित

चन्द्रयान-२ अब चन्द्रमाको सबैभन्दा तल्लो ओर्बिटमा स्थापित
+
-

एजेन्सी-भारतीय अन्तरिक्ष संस्थान इसरोका वैज्ञानिकले चन्द्रयान-२ लाई चन्द्रमाको सबैभन्दा तल्लो ओर्बिटमा स्थापित गराएका छन्। १ सेप्टेम्बर आईतवारका दिन जम्मा ५२ सेकेण्डको प्रयासमा वैज्ञानिकले यो सफलता पाएका हुन।

अब चन्द्रमा र चन्द्रयान-२ बीचको दुरी ११९ देखि १२७ किमी मात्रै बाँकी छ। इसरोले यस कार्यका लागि चन्द्रयान-२ को इन्जिन बेलुकी ६ बजेर २१ मिनेट जांदा प्रज्वलित गरेका थिए।

जम्मा ५२ सेकेण्डको अन्तरालमा चन्द्रयानलाई चन्द्रमाको झनै तल्लो ओर्बिटमा स्थापित गराएर यानको इन्जिन बन्द गरिएको थियो। अहिले चन्द्रयान-२ चन्द्र सतहदेखि ११९X१२७ किमी माथिल्लो ओर्बिटमा रहेर चन्द्र परिक्रमा गरीरहेको छ।

इसरोले जारी गरेको विज्ञप्तिअनुसार भोली २ सेप्टेम्बरका दिन दिउँसो १२ बजेर ४५ मिनेट देखि १३ बजेर १५ मिनेटका बीचमा ओर्बिटर र ल्याण्डर विक्रमलाइ बेग्ला बेग्लै गरिने छ।

ओर्बिटरबाट बेग्लै भएपछि ल्याण्डर विक्रमले चन्द्र धरातल अवतरणका लागि तरखर गर्नेछ भने ओर्बिटर अर्को एक वर्षसम्म यसै उचाईबाट चन्द्र परिक्रमा गरीरहने छ।

ल्याण्डर विक्रमले ७ सेप्टेम्बरमा चन्द्र धरातल टेक्नुभन्दा पहिला चन्द्रमाका बिभिन्न ओर्बिट पार गर्दै अघि बढ्नु पर्ने हुन्छ। २ सेप्टेम्बरमा ओर्बिटरबाट ‘अनडक’ गरिएपछि ल्याण्डर विक्रमलाई ३ सेप्टेम्बरको बिहान ९-१० का बीच १०९x१२० किमीको ओर्बिटमा झारिने छ।

एकदिनसम्म यसै उचाईबाट चन्द्र परिक्रमा गरीरहेको ल्याण्डर विक्रमलाई पुनः ४ सेप्टेम्बरको बिहान ३-४ को बीचमा ३६X११० किमीको ओर्बिटमा स्थापित गरिनेछ।

७ सेप्टेम्बरको दिन प्रारम्भ हुनसाथ ल्याण्डर विक्रमको इन्जिन प्रज्वलित गरी यसलाई अति कम गतिमा सीमित राखेर ७ सेप्टेम्बर कै बिहान १बजेर ३० मिनेटदेखि २ बजेर ३० मिनेटका बीच चन्द्रमा सूर्योदय भएको लगत्तै अवतरण गराइने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?