मंगल ग्रह जाने हो? पृथ्वीमै बन्यो सानो मंगल ग्रह 

मंगल ग्रह जाने हो? पृथ्वीमै बन्यो सानो मंगल ग्रह 
+
-

मंगल ग्रहलाई पूर्वीय ज्योतिषशास्त्रमा वीरताको  प्रतीक मानिन्छ। कुण्डलीमा मंगल ग्रह कमजोर भयो भने कुनै पनि ज्योतिषीले  तपाईँलाई आफ्नो अफिसको ४-५ चक्कर र २०-२५ हज़ारको रकम खर्च गराउन सकेनन् भने ज्योतिषशास्त्रको स्थापित मान्यता एवं  सिद्धांतअनुसार त्यस ज्योतिषीको लग्नकुण्डलीमा मंगल मात्रै होइन बुध, बृहस्पति, सूर्य आदि निम्न स्वभावमा रहेका र शनि, राहु, केतुले  चन्द्रमा र शुक्रसँगको युतिमा उच्चस्थान ओगटेर वक्रदृष्टि लगाएका छन् भन्ने बुझ्नुपर्छ।

मंगल सूर्यदेखि चौथो नंबरमा पृथ्वीभन्दा पारिको ग्रह हो। सूर्यसँग यसको औसत दुरी २२,७९,९,१००  किमी छ भने पृथ्वी र यसको दुरीमा  ठूलो अन्तर आइराख्छ। दुबै बीचको सरदर दुरी २२,५०,००००० किमी छ। तर दुबै बीच दुरी बढ़ी हुँदा ४०,१०,००००० किमी सम्मको  ‘ग्याप’ हुन्छ। सूर्यको परिक्रमा गर्दा पृथ्वी नजिक भएर जाने क्रममा मंगल  ५,६०००००० किमी वरसम्म भएर पनि जाने गर्दछ।

तर यतिसम्म वर आउने घटना सँधै हुन्न।  सन २००३ को अगस्ट महीनामा मंगल यति नजिकबाट गुज्रेको थियो। सामान्तया प्रत्येक २ वर्षमा सूर्यको परिक्रमा गर्दा मंगल  पृथ्वीदेखि ७,७७,९२००० किमी टाढा हुने गर्छ।  यसैकारण संसारका सबै अन्तरिक्ष एजेन्सी मंगलका लागि २ वर्षको ‘ग्याप’मा  आफ्ना यान पठाउने गर्छन्।

पृथ्वीका वैज्ञानिकले  सौर्यमण्डलका सबै ग्रहलगायत  ‘इन्टरस्टेलर स्पेस’ मा ( सूर्य देखि १५० एयूभन्दा पारिको क्षेत्र ) यान पठाउने सफलता पाए पनि चन्द्रमाबाहेक अन्य कुनै खगोलीय पिण्डमा मानिस पठाउन सकेका छैनन्।

पृथ्वीजस्तै ठोस धरातल भएको मंगल ग्रहले वैज्ञानिकको मन लोभ्याइरहन्छ। मंगलभन्दा पारिका कुनै पनि ग्रहमा ठोस धरातल छैन। बृहस्पति पछिका सबै ग्रह गैसीय ग्रह हुन्।
मंगलमा मानिस ओराल्ने वैज्ञानिकहरुको ठूलो चाहना छ।

यसका लागि अनेको देशका अन्तरिक्ष संस्थानका साथै प्राइभेट कम्पनी पनि प्रतिस्पर्धामा लागेका छन्। सबैले २०३२ सम्मा मंगल ग्रहमा पाइला टेक्ने दाबी गरिरहेका छन्। तर अहिलेसम्मको उपलब्ध प्रविधि  र विज्ञानले अन्तरिक्ष क्षेत्रमा हासिल गरेको गतिले यो दाबी पूरा होने छाँटकाँट देखिँदैन।

तर, तपाईँ यदि पृथ्वीमै मंगल ग्रह जस्तो वातावरण र परिवेशमा घुम्न जान चाहनुहुन्छ भने यो सम्भव भएको छ।

प्रसिद्द होलिडे वेबसाइट  ट्रिप एड़भाइजर  र एस्ट्रोलयान्ड कम्पनीले पृथ्वीमै मंगल गृह जस्तो वातावरण भएको सानो ग्रह निर्माण गरेका छन्। यो कृतिम मंगल ग्रह स्पेनमा बनाइएको छ।

मंगल गृह जस्तै दुरुस्त वातावरण भएको यस कृतिम ग्रहको निर्माण उत्तरी स्पेनको  गुफामा गरिएको हो। कम्पनीले पर्यटकलाइ तीन दिन र तीन रातका लागि यहाँ बसाउने- घुमाउने योजना अघि सारेको छ।

उत्तरी स्पेनको १९६ फिटमाथि रहेको एक गुफामा  मंगल ग्रहको सपना साकार गरिएको हो । यस गुफाको लम्बाई १ दशमलब ४ किमी रहेको छ। गुफाभित्र मंगलको वातावरण निर्माण गरिएको छ ।

पृथ्वीमा बनाइएको यस मंगल ग्रहको सयर गर्न तपाईँले पहिला ३० दिन लामो ‘टुर प्रोग्राम’ मा सहभागी हुनुपर्छ।  मंगल ग्रहको यात्रामा जाने बुकिङ गरेपछि कम्पनीले तपाईँलाई २१ दिनको अनलाइन प्रशिक्षण दिन्छ।  मंगलको गुरुत्वाकर्षण,  वातावरण, पारिस्थतिकी आदि सबै पृथ्वीभन्दा एकदमै बेग्लै छन्।  यसबारे अनलाइन प्रशिक्षण पश्चात् कम्पनीले ३ दिने अर्को प्रशिक्षण कार्यशालामा राखेर तपाईलाई शारीरिक र मानसिक रूपमा बलियो र कम गुरुत्वाकर्षणमा हिँडडल गर्नुका साथै अन्य गतिविधि गर्ने भौतिक तालिम दिन्छ।

तालीममा दक्षता पाएपछि कम्पनीले ३ दिन र ३ रातका लागि तपाईलाई कृतिम मंगल ग्रहको यात्रामा लैजान्छ।

गुफारूपी मंगलमा जाने पर्यटकले विशेष उपकरणका साथै विशेष किसिमका लुगा लगाएर मात्रै  यस यात्रामा जान पाउने  व्यवस्था गरिएको छ ।

कम्पनीले गराएको जानकारी अनुसार यस कृतिम मंगल ग्रहको तीन दिने भ्रमणको खर्च झन्डै ८ लाख रुपैयाँ लाग्ने छ।

कम्पनीका सीईओ डेविड सेबलोसका अनुसार, ‘हाम्रो पहिलो ट्रायल सम्पन्न भइसकेको छ, यसको परिणाम अत्यन्त उत्साहजनक प्राप्त भएका छन्।’

कम्पनीले पर्यटकका लागि बुकिङ खोलिसकेको छ । ८ लाख रुपैयामा मंगल ग्रहको अनुभव लिनपाउनु पक्कै पनि रोमाञ्चक हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?