तस्बिरमा खाद्य मेला: केराको मःमदेखि ढिक्री, घोँगीसम्म

तस्बिरमा खाद्य मेला:  केराको मःमदेखि ढिक्री, घोँगीसम्म
+
-

दाङ– ‘परम्परागत पोषिला एवम् स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणका लागि दाने बानीमा सुधार गरौं।’ मुख्य नारासहित दाङको लमहीमा खाद्य मेला सुरु भएको छ।

मेलाको उद्घाटन दाङ निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले गरे। क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज, बाँकेको आयोजना तथा देउखुरी उद्योग वाणिज्य संघको सहआयोजनामा मेला सुरु भएको हो। मेलामा राखिएका सबैजसो स्टलमा उपभोक्ताको आकर्षण छ।

थारु समुदायको परम्परागत खाद्य वस्तु ढिक्री, खरिया, सिन्कीको आचारदेखि केराको परिकारसम्ममा उपभोक्ताको आकर्षण छ। मेलामा कोदो, फापर, जौको कुकिज(बिस्कुट) बिक्रीमा राखिएको छ।

मेलामा नवीनतम प्रविधिसँग सम्वन्धित ३, खाद्य प्रविधि उद्योग १७, परम्परागत खाद्य परिकार सम्वन्धित ११ घरेलु उद्योग सम्वन्धित १२, अन्य १८ गरी ६१ वटा स्टल राखिएको स्टल ब्यवस्थापन समितिका संयोजक तथा देउखुरी उद्योग वाणिज्य संघका कोषाध्यक्ष केशव घिमिरेले जानकारी दिए। ‘परम्परागत खाद्य वस्तुहरु मेलामा राखिएका छन्’, उनले भने, ‘लौं, कोदो, फापरबाट बनेका कुकिजहरु पनि छन्।’

मेलामा थारु, अवधि समुदायको संस्कारसँग जोडिएका झाँकीहरु प्रदर्शन गरिएको छ। शिव युवा क्लव लमही–४ भैसकोर्माले लाठी नाच, ईन्द्रेणी आमा समूह लमही–३ ले थारु परम्परा अनुसार गरिने विवाहको झलक प्रस्तुत गरेको थियो।

यस्तै मनकामना महिला विकास बचत तथा ऋण सहकारी संस्था लमहीले झाँकी, शिव टोल लमही–४ अर्नहवाले सोरठी नाच, संघारी परिवार लमही–३ ले थारु झुमरा नाच, नेपाल अवधि संस्कृती संरक्षण प्रतिष्ठान गढवाले फर्सैया नाच, न्यूरोड युवा क्लव उत्तर मजगाउँले झाँकी प्रदर्शन गरेको झाँकी संयोजक उमाकान्त चौधरीले जानकारी दिए।

मेलामा प्रवेश निःशुल्क छ। राष्ट्रिय तथा स्थानीय कलाकारहरुले मेलामा सांस्कृतिक प्रस्तुतिहरु राख्ने छन्। गायक तथा संगीतकार यादवनाथ योगी, गायक तथा मोडेल सन्दीप न्यौपाने, सचेत विरही भण्डारी ओम संगीतपाठशाला लमहीका कलाकारहरुले प्रस्तुति दिनेछन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका महानिर्देशक सञ्जीवकुमार कर्णको अध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले परम्परागत खाद्य वस्तुहरु लोप हुदै जान थालेकोमा चिन्ता ब्यक्त गरेका छन्।

विशिष्ट अतिथि प्रदेशसभा सदस्य रेवतीरमण शर्माले विकास र समृद्धिको आधार कृषि क्षेत्रमा आधुनिकीकरण र ब्यवसायीकरण बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?