
अ
+
अ
अ
-
विर्तामोड- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भारी मतसाथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

झापा क्षेत्र नं ५ बाट उम्मेदवार बनेका ओली ५७ हजार १ सय ३९ मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याए। ओली २८ हजार ८ सय ४२ मतान्तरले विजयी भएका हुन्। १ लाख ३७ हजार ५१४ मतदाता रहेको झापा ५ मा ९३ हजार ४८ मत खसेको थियो ।