बार्सिलोनालाई चेल्सीको सन्देश–हामी तयार छौँ

बार्सिलोनालाई चेल्सीको सन्देश–हामी तयार छौँ
+
-

चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पाँचौँ चरण अन्तर्गत शुक्रबार राति भएको खेलमा हल सिटीलाई ४–० ले हराउँदै चेल्सीले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीले चारै गोल पहिलो हाफमै गरेको हो । उसका लागि विलियनले दुई गोल गरे भने पेड्रो र ओलिभर जिरउडले एक एक गोल गरे । दोस्रो मिनेटमा नै विलियनले गोल गर्दै सुरुवाति अग्रता दिलाएका हुन् ।

२७ औँ मिनेटमा पेड्रोले अग्रता दोब्बर पारे । ३२ औँ मिनेटमा विलियनले व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सीको अग्रता ३–० मा पुग्यो । ४२ औँ मिनेटमा जिरउडले गोल गरे । उनले जनवरीमा आर्सनलबाट चेल्सी आएपछि पहिलो गोल गरेका हुन् ।

दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र चेल्सी ४–० ले विजयी भयो । आउँदो मंगलबार चेल्सी च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनासँग खेल्दैछ ।

बार्सिलोनासँगको खेलअघि चेल्सीले शानदार जित निकाल्दै आफू तयार रहेको सन्देश दिएको छ । यस्तै शुक्रबार राति नै भएको खेलमा शेफिल्ड युनाइटेडलाई १–० ले हराए लेस्टर सिटीले पनि अन्तिम ८ मा स्थान पक्का गरेको छ । लेस्टरको जितमा जेमी भर्डीले ६६ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष