कोहलीबाट सावधान !

कोहलीबाट सावधान !
+
-

खेल : ६
औसत रन : १८६
कुल रन : ५५८
शतक : ३

यो आंकडा हो, भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले दक्षिण अफ्रिकासँगको एक दिवसीय क्रिकेट श्रृङ्खलामा बनाएको छ ।

दक्षिण अफ्रिकाको भूमिमा पहिलो पटक एक दिवसीय श्रृङ्खला जितेर इतिहास बनाउने क्रममा भारतका कप्तान कोहलीले पनि इतिहास बनाए । जितमा उनको भूमिका महत्वपूर्ण रह्यो, यो कुरा आंकडाले पनि देखाउँछ ।

कोहलीको ब्याटिङको दबदबा यहाँसम्म रह्यो कि यो सिरिजमा धेरै रन बनाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा रहेका शिखर धवन र कोहलीबिचको फरक २३५ रनको छ ।

धवनले ६ खेलमा एक शतकको मद्दतमा ३२३ रन बनाए ।

कोहलीको मनको कुरा

शुक्रबार भएको अन्तिम एक दिवसीय खेल जितेपछि क्रिकेट कमेन्टेटर्सदेखि फ्यान सबै म्यान अफ दि म्याच तथा म्यान अफ दि सिरिज कोहलीको प्रशंसा गरिरहेका थिए ।

तर कोहलीले भने यो शानदार जितको श्रेय श्रीमती अनुष्का शर्मालाई दिए । कोहली र अभिनेत्री शर्माबिच गएको डिसेम्बरमा विवाह भएको थियो ।

दक्षिण अफ्रिकाको सेन्चुरियनमा भएको एक दिवसीय क्रिकेटपछि कोहलीले भने ‘मैदान बाहिर रहेर जसले सहयोग गरे उनीहरुलाई जितको श्रेय मिल्नु पर्छ । मेरी श्रीमतीले लगातार हौसला बढाइन् । उनलाई यसको श्रेय मिल्नु पर्छ । अतितमा उनको धेरै आलोचना भयो । यो समयमा जब अवस्था मुश्किल थियो, उनले मलाई अघि बढ्नका लागि लगातार सहयोग गरिन् । यसका लागि म आभारी छु ।’

अनुष्कासँगको बिहेपछि कोहलीको यो पहिलो क्रिकेट भ्रमण हो ।

थियो मुश्किल चुनौती

कोहलीका लागि दक्षिण अफ्रिकाको यात्रा सजिलो थिएन । उनको टिमले टेस्ट श्रृङ्खला २–१ ले गुमाएको थियो । पहिला दुई टेस्टमा भोगेको हारका लागि कप्तानको रुपमा कोहलीले लिएको निर्णयको आलोचना भएको थियो ।

इतिहास पनि उनको साथमा थिएन । भारतले यसअघि दक्षिण अफ्रिकामा एक दिवसीय श्रृङ्खला जितेको थिएन । तर इतिहासले बाटो परिवर्तन गर्ने र कोहलीलाई त्यसको माध्यम बनाउने सोचेकै हुनु पर्छ ।

कोहलीले टिमको जिम्मेवारी लिए । उनले ६ खेलमा तीन पटक शतक बनाए । डरबनमा भएको पहिलो एक दिवसीयमा कोहलीले ११२ रन बनाएर टिमलाई जित मात्रै दिलाएनन्, दक्षिण अफ्रिकालाई लिएर बनेको डर पनि हटाए ।

आइसिसीको र्‍याङ्किङमा दोस्रो नम्बरमा रहेको भारत पहिलो स्थानमा पुग्यो । लगातार तीन खेलमा जित, चौथो खेलमा हार अनि फेरि लगातार दुई खेलमा जितले भारतलाई पहिलो स्थानमा पुर्‍यायो ।

प्रशिक्षकको नजर

प्रशिक्षक रवी शास्त्रीले दक्षिण अफ्रिकाको भूमिका बनाएको इतिहासको पूरै श्रेय कप्तान कोहलीलाई दिनु पर्ने बताए ।

शास्त्रीले भने ‘कप्तानलाई पूरै श्रेय दिनुपर्छ । उनको प्रदर्शन निकै उच्च रह्यो । उनलाई हेरेर टिमका अरु खेलाडीले पनि आफूलाई त्यहि स्तरमा पु¥याउने सोच राख्नु पर्छ ।’ तर कोहली आफ्नो प्रदर्शनबाट खुशी रहे पनि श्रेय पूरै टिमलाई दिनु पर्ने बताए ।

सही निर्णय, शानदार जित

टेस्ट श्रृङ्खलामा आलोचना खेपेका कोहलीको एक दिवसीयमा निकै प्रशंसा भयो । उनले सही टिम चुने र बलरको राम्रो प्रयोग गरे । उनले अनुभवी तथा पूर्व कप्तान महेन्द्र सिंह धोनीसँग राम्रो सल्लाह लिए ।

कोहलीको सही निर्णयले कुलदीप यादव र युजवेन्द्र चहलको रुपमा भारतले दुई नयाँ स्पिन स्टार पायो । ६ खेलमा १३.८८ को औसतमा कुलदीपले १७ विकेट लिए । यस्तै यस्तै चहलले १६.३७ को औसतमा १६ विकेट लिए । कोहलीले दुवै खेलाडीको निकै तारिफ गरेका छन् ।

कोहलीबाट सावधान

एक दिवसीय श्रृङ्खलामा जितपछि कोहलीले स्पष्ट पारेका छन्, उनी अहिले नै रोकिनका लागि तयार छैनन् ।

कोहलीले भने ‘मेरो करिअरमा ८ वा ९ वर्ष अझै बाँकी छ । एक क्रिकेटरको करिअर लामो हुँदैन । त्यसैले म यो छोटो समयमा धेरै हाँसिल गर्न चाहन्छु ।’

देशको कप्तानी गर्नु भन्दा ठूलो सम्मान केही नरहेको बताउँदै उनले यो सम्मानलाई राम्रोसँग निभाउने बताए ।

स्रोत – बिबिसी हिन्दी

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष