काठमाडौं – काठमाडौंको लगनचोकमा शनिबार बिहानै आगलागी हुँदा एकजनाको ज्यान गएको छ । आगलागीमा परि ६५ वर्षका जीवनकाजी श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।
बिहान ४ बजेतिर लागेको आगो बिहान साढे ७ बजे निभाइएको थियो । आगलागीबाट दुईवटा घर नष्ट भएका छन् । चारवटा दमकल तथा स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाइएको हो ।
अमृतलाल रंजितकारको घरमा अचानक आगली भएको हो । आगलागीबाट अष्टनारायण महर्जनको घरमा पनि क्षति भएको छ । आगलागीका कारण ४२ वर्षका प्रविणलाल श्रेष्ठ सामान्य घाइते भएका छन् । ज्यान गुमाउने जीवनकाजी प्रविणका बुवा हुन् ।