मन्त्र ब्यान्डको सांगीतिक यात्रा पोखरा पुग्याे

मन्त्र ब्यान्डको सांगीतिक यात्रा पोखरा पुग्याे
+
-

पोखरा– दार्जिलिङबाट २० वर्षअघि उदाएको मन्त्र ब्यान्डले आफ्नो स्थापनाको अवसरमा पोखरामा सांगीतिक प्रस्तुति दिने भएको छ।

पोखराको लेकसाइडस्थित रोलिङ स्टोन्स रक बारमा शनिबार साँझ ७ बजेदेखि पोखरेली दर्शकमाझ साङ्गितिक प्रस्तुति राख्ने भएको हो।

स्थापनादेखि नै ब्यान्डमा रहेका ६ जना मेम्बरहरु हालसम्म निरन्तर छन्। पोखरामा पनि सबैजना एकैसाथ देखिने भएको ब्यान्डका गिटारिस्ट मेम्बर प्रज्ञा लामाले जानकारी दिए।

‘हाम्रो युनिटी नै हाम्रो लागि ठूलो कुरा हो’, उनले भने, ‘हाम्रा फ्यानहरुलाई उत्साही बनाउन पनि वर्ष गाँठमा विभिन्न सहरहरुमा पुगिरहेका छौँ।’

ब्यान्डले भारतको दार्जिलिङ, सिक्किम, सिलगुडी र नेपालमा काठमाडौँ पछि पोखरामा प्रस्तुति दिन लागेको ब्यान्डमा डर्मर बिज्रु चौधरीले बताए।

स्थापनादेखि ब्यान्डले दर्जनभन्दा बढी म्यूजिक भिडियो सार्वजनिक गरिसकेको छ। ‘वीर वीर गोर्खाली’, हालसालै रिमेक गरिएको ‘सधैँसधैँ’ चर्चित गीत हुन्।

ब्यान्डले भारत र नेपाल बाहेक बेलायत, अस्ट्रेलिया, साउथ कोरिया, दुबई, भुटान, हङकङलगायत ठाउँहरुमा प्रस्तुति राखिसकेको छ।

ब्यान्डले २०१९ भरी स्थापनाको २० वर्ष पुगेको अवसरमा एनिभर्सरी टुर जारी राख्ने जानकारी दिएको छ। पोखराकै गरुड इन्टरटेन्मेन्ट कम्पनीले मन्त्र ब्यान्डलाई सांगीतिक कार्यक्रमका लागि सघाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?