हुम्लाका दुई गाउँपालिकामा २० दिन विद्युत सेवा बन्द हुने

हुम्लाका दुई गाउँपालिकामा २० दिन विद्युत सेवा बन्द हुने
+
-

हुम्ला, सिमकोट – सिमकोट र खार्पुनाथ गाउँपालिकामा सेवा आपूर्ति गर्दै आएको हिल्दुम साना जलविद्युत आयोजना २० दिनसम्म बन्द हुने भएको छ । आयोजनाको पेनस्टिक पाइप नयाँ जडान गर्नु पर्ने र नहर मर्मत गर्नु पर्ने भएकाले विद्युत सेवा बन्द हुने भएको हो ।

नयाँ जडान गर्ने पाइप र अन्य मर्मत सामग्री निर्माण स्थलमा पुगेपछि बसेको सर्वपक्षीय बैठकले सो कार्य गर्न २० दिनसम्म विद्युत सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

आयोजनाको पावर हाउस रहेको स्थलमा ६३ मिटर पेनस्टिक पाइप जडान गर्नु पर्ने त्यसका लागि अहिले सात थान पाईप निर्माण स्थल पुग्न बाँकी छ । १४ थान पाइप भने पुगेको छ । ती पाइप पावरहाउसको मुहान हुमाने खोला पुगेको जनाइएको छ ।

पाइप जडान कार्य १५ दिनमा सम्पन्न गर्ने समितिका अध्यक्ष तीर्थराज रोकायाले बताए । यसका लागि ६० लाख बजेट बिनियोजित गरिएको थियो।

त्यसैगरी आयोजनाको फर्बे ट्याङ्की साइटको नहर पनि मर्मत गरिने भएको छ । उक्त नहरमा हाल प्लाष्टिक पाइपबाट काम चलाउ रुपमा पानी आपूर्ति हुँदै आएको छ । त्यसमा अहिले पावर हाउसमा पानी आपूर्ति गर्दै आएको पुरानो पेनस्टिक पाइप जडान गरिने भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?