
देश सञ्चार
फाल्गुन ५, २०७४
अ
+
अ
अ
-
महोत्तरी – महोत्तरीको मटिहानीमा एकजनाको हत्या भएको अवस्थामा शव फेला परेको छ ।
मटिहानी नगरपालिका–७ का ३० वर्षे रमेश ठाकुरको धारिलो हतियार प्रयोग गरी हत्या भएकोे अवस्थामा मटहानीको पानी ट्याङ्की नजिक शव फेला परेको एसपी कुबेर कठायतले बताए ।
ठाकुरको टाउकोमा धारिलो हतियार प्रयोग गरिएको र जिउभरि निलडाम समेत रहेको कठायतले जानकारी दिए । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

