
जनकपुरधाम– प्रदेश २ को लोकसेवा आयोगको अध्यक्षमा नियुक्त भएका डा. सुरेन्द्रप्रसाद यादवले आइतबार शपथ लिएका छन्।
आइतबार जनकपुरधामा एक कार्यक्रमबीच यादवले पद तथा गोपनियताको शपथ लिएका हुन्। प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले उनलाई शपथ गराए।
प्रदेश लोकसेवा आयोग अध्यक्ष पदको शपथग्रहणपछि यादवले नेपालको संविधानको परिधि भित्र रही मूल्य मान्यता अनुरूप निष्पक्षपूर्वक कार्य गर्ने बताए।
यादव सिराहा निवासी हुन्। उनी सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरबैता क्याम्पसमा अध्यापन गराउँदै आएका थिए।
त्यस्तै आजै प्रदेश २ को नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झालाई नियुक्त गरिएको छ। डा. हरिवंश झालाई हटाउँदै प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्षमा भोगेन्द्र झालाई नियुक्त गरेको छ।
प्रदेश लोकसेवा आयोगको अध्यक्षले शपथ ग्रहण गरेसँगै अब प्रदेश २ मा प्रदेश सरकारले आफै कर्मचारी भर्ना गर्न बाटाे खुलेकाे छ।