पोखराबाट २५ जुवाडे पक्राउ, २ लाख ७३ हजार नगद बरामद

पोखराबाट २५ जुवाडे पक्राउ, २ लाख ७३ हजार नगद बरामद
+
-

पोखरा – पोखराका दुई स्थानबाट कास्की प्रहरीले २५ जनालाई जुवा खेल्ने र खेलाउने आरोपमा पक्राउ गरेको छ।

उनीहरुबाट प्रहरीले २ लाख ७३ हजार ४३ रुपैयाँ र केही थान तास समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी राजकुमार केसीले जानकारी दिए।

पोखरा ३२ तल्लो गगनगौडास्थित जंगबहादुर पुनको घरमा प्रहरीले छापा मारेको थियो। घरधनी पुन सहित उक्त ठाउँबाट १९ जना पक्राउ परेको प्रवक्ता केसीले जानकारी दिए। उनीहरुबाट १ लाख ६ हजार ७ सय ४८ रुपैयाँ र ८ बुक तास प्रहरीले बरामद गरेको छ।

पोखरा ९ प्रगतिमार्गस्थित चन्द्रबहादुर गुरुङको घरमासमेत आइतबार प्रहरीले छापा मारेको थियो। घरधनी गुरुङसहित उक्त ठाउँबाट ६ जनालाई पक्राउ गरिएको प्रवक्ता केसीले बताए। उनीहरुबाट १ लाख ६६ हजार २ सय ९५ रुपैयाँ र ४ बुक तास प्रहरीले बरामद गरेको छ।

पक्राउ २५ जना विरुद्ध नै जुवा मुद्दामा म्याद थप अनुमति लिई कारवाही प्रक्रिया अघि बढाइएको प्रवक्ता केसीले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?