जलवायु परिवर्तन : अनुकुलनमा १८ खर्ब अमेरिकी डलर लगानी गर्न अपिल

जलवायु परिवर्तन : अनुकुलनमा १८ खर्ब अमेरिकी डलर लगानी गर्न अपिल
+
-

विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तनसँग मानव तथा प्राकृतिक परिवेशलाई सामजस्य गर्दै लैजाने अनुकुलनका उपायहरुमा आउँदो दशकमा १८ खर्ब अमेरिकी डलरको हाराहारीमा लगानी गरिनु पर्ने जनाइएको छ । त्यसको मुनाफा ७० खर्ब भन्दा बढी प्राप्त हुने ग्लोबल कस्ट–बेनिफिट एनालिसिजमा देखिएको छ ।

अनुकुलनका पाँच प्रमुख रणनीतिहरुको विश्लेषण गर्दा अनुकुलनको क्षेत्रमा हुने लगानीको तुलनामा त्यसको मुनाफा अत्याधिक हुने देखिएको हो । ग्लोबल कमिसन अन एडप्टेसनमा रहेका ३४ जना राजनीतिज्ञ, व्यवसायी र वैज्ञानिकको टोलीले विश्लेषण गरेको हो । विश्वलाई तत्कालै जलवायु परिवर्तनसँग अनुकुलन गर्न मामिलामा लचिलो बनाउनु पर्ने उनीहरुले बताएका छन् ।

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि–मुन, विश्व बैंकका प्रमुख कार्यकारी क्रिष्टालिना जर्जिएभा र माइक्रोसफ्टका संस्थापक बिल गेट्ससहितको नेतृत्वमा रहेको कमिसनले धनीले नैतिक रुपमा अनुकुलनका उपायहरुमा तत्काल लगानी गर्न सुझाव दिएका छन् ।

विभिन्न अध्ययनमा यो देखिएको छ कि जलवायु परिवर्तनबाट बढी प्रभावित भएकाहरुको जलवायु परिवर्तन गराउन भूमिका भने निकै न्युन हुने गरेको छ । जलवायु परिवर्तनले गरेका असरहरुबाट कम प्रभाव पार्नका लागि अनुकुलन नै प्रमुख उपाय रहेको बताइन्छ ।

अबको दशकमा विशेषगरी चेतावनी प्रणाली, भौतिक पूर्वाधार, सुक्खा जमिनमा हुने बाली प्रणालीमा बढावा, म्यानग्रोभको संरक्षण तथा पुनः रोपण र पानीको संरक्षणका क्षेत्रमा लगानी गर्नु पर्ने उनीहरुले बताएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?