निर्माण व्यवसायीलाई अपहरण गर्ने गिरोह पक्राउ

निर्माण व्यवसायीलाई अपहरण गर्ने गिरोह पक्राउ
+
-

पोखरा – निर्माण व्यवसायीलाई अपहरण गरेको आरोपमा कास्की प्रहरीले पोखराबाट एक गिरोहलाई पक्राउ गरेको छ।

प्रहरीले पोखरा–९ नयाँबजारस्थित सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति अगाडिबाट ४ जनाको समूहलाई पोखराका एक निर्माण व्यवसायीको अपहरण गरेको आरोपमा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरा–१५ बस्ने ४२ वर्षीय गौतम थापा, पोखरा–२ बस्ने ३४ वर्षीय रोहित सुनार, पोखरा–८ बस्ने बासुदेव पोखरेल, पोखरा–१० बस्ने ५४ वर्षीय प्रेमबहादुर थापा छन्।

निर्माण व्यवसायीलाई बिहान १०ः५० बजे समन्वय समितिको कार्यालय अगाडिबाट गाडीमा जर्बजस्ती राखेर पोखरा–९ शान्तिवन पुर्‍याउँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

बिहान साढे ११ बजे नै उनलाई अपहरण मुक्त गराइएको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए। निर्माण व्यवसायीको स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उपर म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता केसीले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?