कामकाे सिलसिलामा भारत पुगेका नेपाली दशैँ मान्न घर फर्किन थाले

कामकाे सिलसिलामा भारत पुगेका नेपाली दशैँ मान्न घर फर्किन थाले
+
-

नेपालगञ्ज – कामकाे सिलसिलामा भारतका विभिन्न शहरमा पुगेका नेपालीहरु दशैँ मान्न घर फर्किन थालेका छन्।

भारतको सिम्ला, प्रयाग, हरिद्वार, कालापहाड गएका नेपालीहरु घर फर्किन थालेका हुन्। दशैँ आउन तीन हप्ता बाँकी रहँदा काममा गएका नेपालीहरु फर्किन थालेका छन्। घरको व्यवस्था मिलाउन भन्दै नेपालीहरु चाँडै घर फर्किएका छन्।

नेपालगञ्ज नाकामा बुधबार साँझदेखि दशैँका लागि घर फर्किनेको लाइन देखिन थालेको छ। भारतबाट काँधमा ‘गुन्टा’ बोकेका नेपालीहरु लाइन लागेर नेपाल प्रवेश गरेका छन्।

दैलेखका जयबहादुर शाहीलगायतको टोली दशैँको लत्ताकपडा बोकेर घर फर्किएका छन्। शाहीले भने, ‘दशैँ मान्न आइयो। घरको व्यवस्था मिलाउन अलि चाँडै आएँ।’ शाहीको टोली सिम्लाबाट आएको हाे।

असोजको तेस्रो साता टीका भएपनि अबको १५ दिनदेखि नै दशैँ शुरु हुन्छ। दशैँको मुखमा बढी भीडभाड हुने भएकाले कतिपय अलि पहिला नै फर्कने गर्दछन्।


पहाडी जिल्लाहरु दैलेख, रोल्पा, रुकुम, जाजरकोटका अधिकांश मानिस कामको सिलसिलामा भारतका विभिन्न शहरमा जाने गर्दछन्। केही खेती लगाएर जान्छन् भने केही एक वर्षपछि मात्रै घर फर्किन्छन्।

आफ्नै उत्पादनले वर्षभरी खान नपुग्नेहरु भारतमा मजदुरी गरेर परिवार पाल्ने गर्दछन्। चाडवाड शुरु भएपछि नेपालगञ्ज नाकाबाट परदेशीहरु घर फर्किन्छन्।

यस्तो समयमा नेपालीहरु लुटिने भएकाले प्रहरीले सीमावर्ती क्षेत्रमा विशेष निगरानी गर्ने गर्छ। नाकामा छुट्टै टोली खटाएर निगरानी गर्छ।

नेपाल प्रहरी सीमावर्ती भारतीय शहरको रुपैडिहा बस र रेलस्टेशनसम्म नेपालीहरुकाे सुरक्षार्थ पुग्ने गर्छ। सादा पोशाकका प्रहरीहरु त्यहाँ जानका लागि भारतीय प्रहरीसँग समन्वय गर्दछन्।

बुधबार साँझ पहिलो पटक बोरा, झोला बोकेर घर फर्किएकाहरुकाे लाइन देखिएको नाकामा रहेको जमुनाहा प्रहरीले जनाएकाे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?