सतहमा पानी भएको ग्रह फेला, प्राणी अर्थात एलिन हुन सक्ने अनुमान

सतहमा पानी भएको ग्रह फेला, प्राणी अर्थात एलिन हुन सक्ने अनुमान
+
-

खगोलविदले निकै परको एक ताराको ह्याबिटिएबल जोनलाई परिक्रमा गरिरहेको ग्रहमा पहिलो पटक पानी फेला परेका छन् । के२–१८बी नाम गरेको सो ग्रहमा पानी भेटिएपछि त्यहाँ एलियन वा अरु कुनै प्राणीको जीवन हुन सक्ने अनुमान गरिएको छ ।

अबको १० वर्षभित्र नयाँ टेलिस्कोपले के२–१८बी को पर्यावरणमा जीवित प्राणीबाट उत्पादन भएको ग्यास छ वा छैन भन्ने पत्ता लगाउन सक्ने खगोलविदले बताएका छन् ।

के२–१८बी मा पानी भेटिएको सम्बन्धी अनुसन्धानको विस्तृत विवरण वैज्ञानिक जर्नल नेचर एस्ट्रोनोमीमा प्रकाशित भएको छ । प्रमुख अनुसन्धानकर्ता वैज्ञानिक प्रा. गिओभाना टिनेट्टीले यो उपलब्धी उत्साहप्रद रहेको बताएका छन् । उनी युनिभर्सिटी कलेज लण्डनमा अध्यापन गर्छन् ।

ग्रहको ह्याबिटिएबल जोनमा पानी फेला परेको यो पहिलो पटक रहेको र यसले त्यहाँ जीवन रहेको सम्भावना देखिएको उनले बताएका छन् ।

कुनै पनि तारा वा ग्रहको ह्याबिटिएबल जोन भन्नाले त्यस्तो अवस्थालाई भनिन्छ जहाँको तापक्रम पानी तलर अवस्थामा रहन सक्ने हुन्छ र ग्रहको सतहमा पानी पाइन्छ ।

के२–१८बी १११ प्रकाश वर्ष अर्थात ६५० मिलियन मिलियन माइल पर रहेको छ । निकै पर रहेकाले त्यहाँ कुनै उपकरण पठाउन सम्भव रहेको छैन । यसले गर्दा नयाँ संस्करणको टेलिस्कोप पर्खनु बाहेक अर्को विकल्प छैन ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?