नेपाल–भारत सम्बन्ध

प्रबुद्ध समूहको बैठक आउँदो शुक्रबारदेखि काठमाडौंमा

प्रबुद्ध समूहको बैठक आउँदो शुक्रबारदेखि काठमाडौंमा
+
-

काठमाडौं – नेपाल–भारत सम्बन्धका विविध आयामको अध्ययन र आवश्यक सुधारका लागि सिफारिस गर्न गठित दुईपक्षीय प्रबुद्ध समूहको आउँदो बैठक काठमाडौंमा बस्ने तय भएको छ ।

बैठक यहि फागुन ११ र १२ गते (आउँदो शुक्रबार र शनिबार) काठमाडौंमा बस्ने तय भएको हो ।

दुई देशमा आलोपाली गरी बैठक बस्ने चलन अनुसार यसपटकको बैठक नेपालमा बस्न लागेको हो । यसअघि गएको जनवरीमा भारतको नयाँ दिल्लीमा बैठक भएको थियो ।

काठमाडौंमा हुने यसपटकको बैठकमा यसअघिका बैठकमा भएका मौखिक र लिखित छलफलका आधारमा तयार पारिएको मस्यौदा आदान–प्रदान हुने स्रोतले जानकारी दिएको छ ।

स्रोतले भन्यो, ‘हामी आफ्नो जिम्मेवारकिो महत्वपूर्ण चरणमा प्रवेश गरेका छौँ । दुई पक्षमा देखिएको सौहार्दतालाई आधार मान्दा हाम्रो प्रयास सार्थक देखिएको छ ।’

प्रबुद्ध समूहमा नेपालको नेतृत्व पूर्व मन्त्री तथा कुटनीतिज्ञ डा. भेषबहादुर थापाले गर्नेछन् भने भारतीय समूहको नेतृत्व भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारीले गर्दै छन् ।

यसअघि गएको पुस २६ र २७ गते नयाँ दिल्लीमा भएको बैठकमा नेपाल–भारतबिच भएका पुराना सन्धि सम्भौताको पुनरावलोकन गर्ने विषयमा छलफल भएको थियो ।

अब बस्ने बैठकमा त्यहि छलफलको आधारमा दुवै पक्षले तयार पारेको मस्यौदा आदान–प्रदान गरी अध्ययन गरिने र त्यसमा छलफल हुने स्रोतले बताएको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष