राष्ट्रपतिलाई कालोझण्डा देखाउने तयारीमा रहेकाे आराेपमा केही पक्राउ

राष्ट्रपतिलाई कालोझण्डा देखाउने तयारीमा रहेकाे आराेपमा केही पक्राउ
+
-

काठमाडौँ – राष्ट्रपतिलाई कालोझण्डा देखाउने तयारी गरिरहेकाे आराेपमा प्रहरीले केहीलाई पक्राउ गरेको छ। शुक्रबार इन्द्रजात्रा हेर्न राष्ट्रपति आउने हुँदा राष्ट्रपतिलाई कालो झण्डा देखाउने तयारी गरेका युवाहरुलाई प्रहरीले शंकाको आधारमा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नायारण अर्याल, रघुराज राजभण्डारी र सुबास नाम गरेका रहेका छन्। आज साँझ आयोजना हुन लागेको विरोध कार्यक्रमका लागि कालो टी–सर्ट पनि छापिएको थियो। प्रहरीले पक्राउ गरेका मध्ये दुईजनासँग २४० टी–सर्ट रहेको दाबी छ । बाँकी २६० टी सर्ट खाेजी भइरहेकाे छ ।

गुठी विधयेकको विरोधपछि नेवार जनसमुदायले प्रशासनमाथि जस्तो विवादित विधयेक ल्याउने राष्ट्र प्रमुखलाई किन ल्याउने भनेर विरोध कार्यक्रम आयोजना गरेको बुझिएको प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठले जानकारी दिए।

उनले जात्रालाई सभ्य बनाउनका लागि प्रशासनले काम गरिरहेको भए पनि समुदाय दुई पक्षमा विभाजित भएको बताएका छन्। तर काठमाडौँ प्रहरीका प्रवक्ता होमेन्द्र बोगटीले भने कालोझण्डा देखाउने प्रयासमा रहेकाे आराेपमा  केही मानिस पक्राउ परेको सम्बन्धमा जानकारी नरहेको दाबी गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?