जनप्रतिनिधीहरुका लागि हुम्लामा मनोविज्ञान शिविर

जनप्रतिनिधीहरुका लागि हुम्लामा मनोविज्ञान शिविर
+
-

सिमकोट– पहिलो पटक जिल्लाभरिका जनप्रतिनिधिहरुलाई मनोविज्ञान सम्बन्धी शिविर सञ्चालन गरिएको छ।

सोचमा परिवर्तन ल्याउन र काम गर्न सकरात्मक प्रभाव पार्नका लागि काठमाडौँबाट आएका मनोविश्लेषकको सहजिकरणमा यो शिविर सञ्चालन गरिएको हो।

मान्छेमा हुने विभिन्न किसिमका मानसिक समस्याका विषयमा परामर्श दिनका लागि यो शिविर सञ्चालन गरिएको बताइएको छ।

शिविरको पहिलो दिन समूहमा मान्छेका मनमा खेलिरहने अनेक प्रकारका मनोभाव तथा मानसिक स्वास्थ्यका बारेमा मनोविश्लेषक बासु आचार्यद्धारा सहजिकरण भएको छ।

मानिसहरुमा हुने डिप्रेशन, एन्जाइटीको समाधान र व्यवस्थापनका बारेमा पनि छलफल गरिएको थियो। त्यसैगरि मानिसहरुले लिने तनाबको व्यवस्थापनका पक्षमा पनि सहजिकरण गरिएको थियो।

जिल्ला समन्वय समितिका प्रमुख, जिल्लाका सात वटा गाउँपालिकाका जनप्रतिनिधि, सिमकोट गाउँ कार्यपालिकाका सदस्य, उच्च प्रशासक, चिकित्सकहरु, प्रधानाध्यापकहरुको सहभागिता रहेको शिविर जिल्ला मै पहिलो पटिक सञ्चालन भएका हो।

यसको सान्दर्भिकता अति आवश्यक रहेकोले मानिसलाई मनोरोगबाट उन्मुक्ति मिल्ने उपायहरु पनि आचार्यले छलफलमा ल्याएका थिए।

शिविरको दोस्रो दिन व्यक्ति–व्यक्तिले आफ्ना समस्याहरुका बारेमा मनोविश्लेषक आचार्यसँग परामर्श लिएका थिए।

यो सबै मानिसका लागि आवश्यक रहेको र यस्तो शिविर बेलाबेलामा सञ्चालन गरिरहनु पर्ने जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतले बताए।

शिविर सिमकोट गाउँपालिकाको प्रायोजन तथा सिमकोट टाईम्स साप्ताहिक पत्रिकाको आयोजनामा सञ्चालन भएको हो।

शिविरमा सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामा, उपाध्यक्ष बली रावत, सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेल लगाएको सहभागिता रहेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?