जागिर खोज्‍ने डिजिटल प्लेटफर्म श्रीयोग डट कम

जागिर खोज्‍ने डिजिटल प्लेटफर्म श्रीयोग डट कम
+
-

काठमाडौँ-‘अघि बढौ, बेरोजगारी निर्मूल गरौं’ अभियानसहित कन्सेल्टिङले श्रीयोग डट कमको शुभारम्भ गरेको छ।

कुपोण्डोलस्थित हिमालय होटलमा पत्रकार सम्मेलन गरी बेरोजगारी समस्याले अल्मलिरहेका जनशक्तिहरुमा रहेको सिप तथा अनुभवलाई उचित ढंगबाट प्रयोगमा ल्याउन र उनीहरुका लागि आम्दानीको बाटो सिर्जना गर्न श्रीयोग डट कमको शुभारम्भ गरेको हो।

डिजिटल प्लाटफर्ममा विभिन्न १८ वटा मुख्य समूह, १ सय ५० भन्दा बढी उप–समूह तथा ती पेशासँग सम्बन्धित व्यक्तिहरुको नाम, सम्पर्क नम्बर तथा ठेगाना, प्रोफाइल फिचर, नजिकको लोकेसनमा देखिने–नदेखिने बनाउन सक्ने, रेटिङ, रिभ्यू, शुल्क, अफर, कामका लागि उपलब्ध भएको, नभएको जानकारी समूह अनुसार राखी पार्टटाईम काम गर्ने मौका दिएको कम्पनीले जनाएको छ।

फुर्सदको समयलाई सदुपयोग गर्नुका साथै पैसा पनि कमाइ गर्न सकिने यो प्लाटफर्मलाई कम्पनीले नेपालसँगै अस्ट्रेलियामा पनि सुरु गरेको र यो सानो प्रयासले देशमा विद्यमान वेरोजगारी समस्यालाई धेरै हदसम्म कम गर्ने भएकाले यो कार्य सामाजिक सेवाकै एक पहल रहेको कम्पनीले जानकारी दिएको छ।

मुलुकमा बेरोजगारी बढिरहेको छ भने अवसर पनि बढिरहेका छन्। सीप भएर पनि मौका नपाउँदा धेरै नै व्यक्तिहरू मुलुकभित्र बेरोजगार भएर विदेश पलायन हुनु परेको अवस्था भएकाले दैनिक १५ सय मानिस नेपाल छाडेर विदेशिने गरेको तथ्यांक नेपाल सरकार आफैंले दिने कम्पनीका संस्थापक प्रकाश उप्रतीले जानकारी दिए।

कामको सिलसिलामा विदेश जानु पर्ने बाध्यता नेपालमा छ।यससँगै चाडपर्व, घर–अफिस, फ्याक्ट्री अथवा कुनै ठाउँमा कोही सीपालु मान्छे चाहिँदा त्यस्ता ब्यक्ति खोज्न नै धेरै दिन लाग्ने भएकाले यस्तो समस्यालाई श्रीयोग डट कमले समाधान गर्ने उनको भनाई छ।

यस्तै सस्थापक प्रकाश उप्रेतीले बेरोजगारी आफूलाई चाहिएको दक्ष जनशक्ति तुरुन्त पाउन सजिलो होस् भन्‍ने उद्देश्यले यस्तो अनलाईन प्लाटफर्मको परिकल्पना गरिएको बताए। कम्पनीले यसै साता एन्ड्रोइड र आइओएस भर्सनमा पनि एप्लिकेशन सार्वजनिक गर्ने जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?