ट्रम्पले गरे एफबिआईको कडा आलोचना

ट्रम्पले गरे एफबिआईको कडा आलोचना
+
-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच आयोग (एफबिआई) को आलोचना गरेका छन् । फ्लोरिडाको उक विद्यालयमा १७ जनाको ज्यान जाने गरी भएको गोलीकाण्डपछि राष्ट्रपति ट्रम्पले एफबिआईको कडा आलोचना गरेका हुन् ।

फ्लोरिडाको विद्यालयमा भएको गोलीकाण्ड रोक्न सकिने सम्भावना रहेको र एफबिआईको कमजोरीका कारण घटना भएको आरोप एफबिआईमाथि छ ।

एफबिआईले सन् २०१६ मा भएको राष्ट्रपतीय चुनावमा ट्रम्पलाई सहयोग गर्ने गरी रुसले हस्तक्षेपको प्रयास गरेको विषयमा अनुसन्धान गर्ने भन्दै अनावश्यक समय खर्चेकाले चाहिने कुरामा ध्यान नदिएको ट्रम्पको भनाई छ ।

फ्लोरिडाको स्कुलमा अन्धाधुन्ध गोली प्रहार, १७ जनाको मृत्यु

आफ्नो चुनावी अभियान र रुसबिच कुनै साँठगाँठ नरहेको र यो कुरा प्रमाणले पुष्टि गरेको ट्रम्पको भनाई छ । एफबिआईले फ्लोरिडा गोलीकाण्डका आक्रमणकारी निकोलस क्रुजमाथिको निगरानीमा कमजोरी भएको स्वीकार गरेको छ ।

क्रुजले पार्कल्याण्डमा रहेको विद्यालयमा आफूले नै आक्रमण गरेको स्वीकार गरेका छन् । यसअघि विद्यार्थीले फ्लोरिडामा र्‍याली गरेर बन्दुक सम्बन्धी कानुन कडा बनाउन माग गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?