पर्यटन, जडिबुटी र वन्यजन्तुको प्रर्वद्धन र प्रचारका लागि कैलाश संगम

पर्यटन, जडिबुटी र वन्यजन्तुको प्रर्वद्धन र प्रचारका लागि कैलाश संगम
+
-

सिमकोट-धेरै पर्यटकीय संभावना बोकेको नाम्खा गाउँ पालिकाको प्रचार प्रसार गरि देश बिदेशलाई जानकारी गराउनका लागि कैलाश संगम गरिने भएको छ ।

पछिल्ला बर्षमा केही कुरा सञ्चार माध्यामका आउन थालेको भए पनि अझ त्यसलाई ब्यापक बनाउको लागि आगामी असोज ६ र ७ गते गाउँपालिकाले यो कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रमको हालसम्मको प्रगति बारेमा जानकारी गराउन शनिबार नाम्खा गाउँपालिकाद्धारा सदरमुकाम सिमकोटमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पालिका अध्यक्ष बिष्णु बहादुर लामाले विशुद्ध रुपमा पर्यटन षेत्रसंग सम्बन्धित र सिमा जोडिएको गाउँपालिका भएको बुराङ काउण्टीको स्थानीय सरकारका प्रतिनिधिहरुलाई पनि आमन्त्रण गरिएको बताए।

गत बर्ष लिमी महोत्सवमा कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री देखि मन्त्रीहरुले गर्छु भनेको कुरालाई पनि पुरा नगरेको नाम्खाको पर्यटन क्षेत्रको बिकासका लागि कुनै योगदान नदिएकोमा पत्रकार भुटमा अध्यक्ष लामाले दुखेसो ब्यक्त गरेका थिए।

काम नगर्ने लाई बोलाई राख्न आबश्यक नदेखिएकाले यस पाली कसैलाई पनि कार्यक्रममा नबोलाएको उनले बताए। गत बर्ष लिमी महोत्सव हुदा मन्त्रीहरुले चढेको हेलिको भाडा हालसमम उधारो रहेको र त्यो रकम पालिकाले नतिर्ने अध्यक्ष लामाले बताए।

पत्रकारहरुलाई लाप्चा लेक जाने
नेपाली भुमिबाट मानसरोवर कैलाशको दरखर्शन गर्न सकिने नाम्खा गाउँपालिकाको हिमाल पारीको गाउँ लिमीको लाप्चा लेकको पर्यटकीय महत्व बुझ्ना हुम्लाका पत्रकारहरुको टोली त्यता जाने भएको छ।

नाम्ख गाउँपालिकाले आगामी असोज ६ र ७ गते आयोजना गर्न लागेको कैलाश संगम तथा ब्यापार मेलाका अबसरमा पत्रकारहरुको टोली त्यसतर्फ जान लागेको हो।

लाप्चा लेकको महत्व अहिलेसम्म केही रुपमा मात्र बाहिर आएको अबस्थामा त्यसको दुरदर्शनबाट मानसरोवर कैलाशको सहज र नेपाली भुमिबाटै दर्शन गर्न सकिने पक्षलाई उजागर गर्न हुम्लाका सञ्चारकर्मीको टोली त्यसतर्फ जाने नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर लामाले बताए।

अरुभन्दा पनि सञ्‍चारकर्मीहरुबाट लाप्चा लेकबाट मानसरोवर कैलाशको दर्शन राम्रो गर्न सकिने कुरा बाहिर ल्याउन सहज हुने भएको कारण गाउँपालिकाको सहजिकरणमा जिल्लाका आधा दर्जन सञ्चारकर्मी त्यसतर्फ जान लागेको उनले बताए। लाप्चा जाने सञ्चारकर्मीहरुमा राष्ट्रिय संचार माध्याममा आबद्ध पत्रकारहरु रहने छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?