जानकी मन्दिर तोडफोड र राष्ट्रपति अपमान मुद्दामा आठै जनाले पाए सफाइ

जानकी मन्दिर तोडफोड र राष्ट्रपति अपमान मुद्दामा आठै जनाले पाए सफाइ
+
-

जनकपुरधाम-राष्ट्रपतिको अपमान तथा जानकी मन्दिर तोडफोड प्रकरणमा मुद्दा खेपिरहेका करिब एक दर्जन व्यक्तिले आज जिल्ला अदालत धनुषाबाट सफाइ पाएका छन्।

सफाइ पाउनेहरुमा सुशिल कर्ण, शिला झा, नविन यादव, अशोक प्रसैला, विवेकचन्द्र अधिकारी, सीता चौधरी, विमला साह र रामजी राय रहेका छन्। उनीहरु बिरुद्ध २०७२ साल पौस १ गते मुद्दा दर्ता भएको थियो। बाँकी रहेका आठैजनालाई जानकी मन्दिर तोडफोडमा संलग्न नरहेको भन्दै अदालतले सफाई दिएको हो।

पछिल्लो ४ वर्षदेखि जानकी मन्दिरको तोडफोड र राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान गरेको भन्दै मुद्दा खेपीरहेकाहरु तोडफोडमा संलग्न नरहेको पाइएपछि न्यायधीश राजेश कटवालको इजलाश नम्बर ७ ले सबैजनालाइ आइतबार सफाइ दिएको छ।

प्राचिन सम्पदा तोडफोड मुद्दा खेपिरहेका आठै जनालाई सफाई दिइएको हो। तेस्रो मधेश आन्दोलन क्रममा २०७२ सालमा विवाह पञ्चमीका दिन जानकी मन्दिरमा पूजा अर्चनाका लागि जनकपुरधाम पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी माथि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले ढुंगामुढा गरेका थिए।

मोर्चाका कार्यकर्ताहरुले ढुंगामुढा गरेपछि जाहेरीको आधारमा १० जना विरुद्ध प्राचिन सम्पदा तोडफोड गरेको भन्दै मुद्दा दर्ता गराइएको थियो। मुद्दा खेपिरहेका १० जना मध्ये १ जनामाथि मुद्दा ठहर हुन सकेन भने रामचन्द्र चौधरीको असामयिक निधन भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?