धनुषा ७१औँ खुल्ला दिशामुक्त जिल्लाको रुपमा घोषणा

धनुषा ७१औँ खुल्ला दिशामुक्त जिल्लाको रुपमा घोषणा
+
-

जनकपुरधाम-धनुषा जिल्ला सोमबार ७१ औ खुल्ला दिसामुक्त जिल्लाको रुपमा घोषणा भएको छ।

नेपालमा सरसफाई तथा स्वच्छतालाई विशेष महत्वका साथ छुट्टै गुरुयोजना निर्माण गरेर सन २०६८ देखि लागू भई २०१७ सम्म राष्ट्रलाई खुल्ला दिशामुक्त क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यको साथ अभियान बढाएमा आज धनुषा जिल्ला ७१ औँ जिल्लाको रुपमा खुल्ला दिशामुक्त क्षेत्रको रुपमा घोषणा भएको छ।

आज प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामको जिल्ला समन्वय समितीको प्राङ्गनमा धनुषालाई खुल्ला दिशामुक्त क्षेत्रको रुपमा यस जिल्ला लाई घोषणा गरेका छन्।

धनुषा जिल्लामा १ लाख ४० हजार ४५३ वटा घरधुरी रहेकोमा अहिले सबै घरधुरीमा शौचालयको पहुँच रहेको खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति धनुषाको तथ्यांक रहेको छ। धनुषा जिल्लामा १८ वटा स्थानिय तह रहेकोमा धनुषा जिल्लामा १८ वटा स्थानिय तह रहेकोमा सबै स्थानिय तहमा शौचालय रहेको खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, धनुषाका सदस्य सचिव चन्देश्वर प्रसादले बताए।

धनुषा जिल्लामा एउटा उपमहानगरपालिका, १३ वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेको छ। अभियानलाई सञ्चालन गर्दा त्यस समय धनुषा जिल्लामा करिब १८ प्रतिशत घरधुरीमा मात्र शौचालयको अवस्था थियो भने अहिले धनुषाको सबै घरधुरीमा शौचालय रहेको साहले दावा गरे।

घरधुरीमा शौचालय भएपनि पहिला देखि लागेको बानी व्यहोरामा सुधार लाग्न केहि समय लाग्ने यू एन ह्याबिट्याटका जिल्ला संयोजक गोविन्द सुवेदीले बताए। उनले भने, ‘यस क्षेत्रको करिब ९८ प्रतिशत क्षेत्रमा शौचालयको निर्माण भईसकेको छ र विभिन्न कारणबस जुन क्षेत्रमा बाँकी छ त्यसमा पनि चाँडै भई हाल्छ।’

यस जिल्लामा ७ लाख ५४ हजार ७ सय ७७ जना जनसंख्याको बसोबास रहेको छ।नेपाल खुल्ला दिशामुक्त क्षेत्र भएपछि दक्षिण एसियामा पहिलो खुल्ला दिशामुक्त क्षेत्रको रुपमा हुन्छ।

देशलाई नै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएकोमा यस क्षेत्रलाई खुल्ला दिशामुक्त क्षेत्र बनाउनमा नेपाल सरकारका खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, प्रदेश नं. २ को भौतिक पूर्वाधार विकास मन्त्रालय, स्थानिय विकास तथा संघिय मामिला मन्त्रालय, स्थानिय सरकारत्र िलगायत क्षेत्रीय कार्यालय तथा विभिन्नढ निकायहरुको सहयोगमा यस जिल्लालाई खुल्ला दिशामूक्त क्षेत्रको रुपम घोषणा गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?