रघुविर महासेठलाई पार्टी स्थायी कमिटीबाट हटाउन माग

रघुविर महासेठलाई पार्टी स्थायी कमिटीबाट हटाउन माग
+
-

काठमाडौं- प्रदेश-२ का १६ जना नेकपाका केन्द्रीय सदस्यहरुले काठमाडौंस्थित नेकपा कार्यालयमा पार्टीले माथिदेखि तलसम्म विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरु उल्लंघन गरेको भन्दै प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवलाई पदच्युत गर्न माग गरेका छन्।

मंगलबार प्रदेश नम्बर-का सह–इन्चार्ज तथा केन्द्रीय सदस्यहरु नागेन्द्र चौधरी, महेन्द्र पासवान, रामचन्द्र झा लगायत १६ जनाले नेकपा केन्द्रीय सचिवालयमा पत्र दर्ता गराउँदै पदाधिकारीहरुलाई पदबाट हटाउन माग गरेका हुन्।

यसका साथै नेकपा केन्द्रीय समितिको परिपत्रलाई उल्लंघन गर्दै शपथ ग्रहण राखेर असहज परिस्थिति सृजना गरेको भन्दै नेकपा प्रदेश – २ का इन्चार्ज सत्यनारायण मण्डल, सह–इन्चार्ज विश्वनाथ शाह, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेललाई पदमुक्त गरी कडा कारवाही गर्न माग गरेका छन्।

नेकपाका केन्द्रीय सदस्यहरुलले बुझाएको सो पत्रमा पार्टीको अन्तरिम विधानको धारा ३४ (ख) विपरीत रघुवीर महासेठलाई पार्टी स्थायी कमिटीबाट हटाउनु पर्ने, प्रदेश दुई कमिटीमा मनोनयन गरिएका नेताहरुको नाम हटाएर अन्य वरिष्ठ र सक्षम नेताहरु समावेश गर्नुपर्ने माग गरिएको छ।

त्यस्तै नेकपाको अन्तरिम विधानको धारा ३६ (ख) तथा विशेष परिपत्र ४ (क) विपरीत प्रदेश दुईका सबै जिल्ला कमिटीहरुमा मनोनयन गरिएका तथा योग्यता नपुगेकाहरुको मनोनयन रद्द गरी वरिष्ठ र सक्षमहरुलाई मनोनयन गर्दै सपथ ग्रहण गराउनु पर्ने माँग अगाडी बढाएका हुन्।

नेकपा प्रदेश २ का इन्चार्ज र अध्यक्ष लगायतका पदाधिकारीले षड्यन्त्रपूर्वक पर्सा र बारामा गराइएको सपथ ग्रहण रद्द गरी जिल्ला कमिटिमा मनोनयन गरिएको त्रुटी सच्याएर शपथ ग्रहण गर्न सो पत्र मार्फत आग्रह समेत गरिएको छ।

केन्द्रीय कार्यालयमा दर्ता गराइएको सो पत्रमा हस्ताक्षर गर्ने केन्द्रीय सदस्यहरुमा नागेन्द्र चौधरी, महेन्द्र पासवान, रामचन्द्र झा, गोपाल ठाकुर, रामचन्द्र यादव, श्रीप्रसाद साह, सुधीरप्रसाद साह, रत्नेश्वर गोइत यादव, रामकुमार शर्मा, ममता गिरी, सरला यादव, दिनेश राई, जगत प्रसाद यादव, शत्रुधन महतो, बोधमाया यादव, रविन्द्र बैठा, लगायतका रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?