प्रदेश ७ मन्त्रीपरिषदको पहिलो बैठक सम्पन्‍न, के के निर्णय भयो?

प्रदेश ७ मन्त्रीपरिषदको पहिलो बैठक सम्पन्‍न, के के निर्णय भयो?
+
-

कैलाली-प्रदेश नम्बर ७ को पहिलो मन्त्रीपरिषदको बैठकले प्रदेश ७ को सम्वृद्धिसँग जोडिएका तीनवटा सामरिक महत्वका राजमार्गहरुको निमार्णको काम समयमै सम्पन्‍न गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ। आईतबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय धनगढीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

पहिलो बैठकले राष्ट्रिय गौरबका आयोजनाका रुपमा रहेका महाकाली लोकमार्ग, सेती लोकमार्ग र खुटिया दिपायल फाष्ट ट्रयाकको कामलाई गुणस्तरीय तवरले, समयमै सम्पन्‍न गर्न नेपाल सरकारलाई अनुरोध गर्ने र त्यसको प्रदेश स्तरमामा अनुगमन सम्यन्त्र निमार्ण गर्ने निर्णय गरिएको प्रदेश ७ सरकारका प्रवक्ता तथा आन्तरीक मामीला तथा कानुन मन्त्री प्रकास शाहले जानकारी दिए। ३ ओटै राजमार्गको काम अहिले कछुवा गतिमा भईरहेको छ।

यस्तै मन्त्री परिषदको पहिलो बैठकले प्रदेश ७ मा कृषिको उत्पादकत्व बढाउन माटो परिक्षणको कार्यलाई संस्थागत गर्नका लागि नेपाल सरकार र स्थानिय तहसंग पनि समन्वय गरेर कार्य अगाडी बढाउने, प्रदेश ७ का पर्यटनका सम्भाव्यताको पहिचान गर्ने र त्यसको संरक्षण र प्रबद्र्धनमा जोड दिने निर्णय पनि गरेको मन्त्रीपरिषदका प्रवक्ता शाहले जानकारी दिए। बैठकमा शुषासनमा जोड दिएर भ्रष्टाचार बिरुद्ध सुन्य सहनसिलता अपनाउने निर्णय पनि भएको छ।

यसका साथै बैठकले मुख्यमन्त्री र मन्त्री परिषदको कार्यालयबाट प्रस्ताव गरिएका प्रदेश सरकार कार्यबिभाजन नियमावली, प्रदेश सरकारको कार्य सम्पादन नियमावली, केहि सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धी नियमावली २०७४ लाई पनि स्वीकृत गरेको छ।

सम्बन्धित समाचार 

मन्त्रीपरिषदको आकस्मिक बैठक बस्दै

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?