जनकपुरमा संविधानको विरोध गर्दै जनता सडकमा

‘जबसम्‍म संविधान संशोधन हुँदैन, तराइ/मधेशमा कालो दिवस मनाइरहन्छौँ’

‘जबसम्‍म संविधान संशोधन हुँदैन, तराइ/मधेशमा कालो दिवस मनाइरहन्छौँ’
+
-

जनकपुरधाम- प्रदेश-२को राजधानी जनकपुरधाममा शुक्रबार राजपाले असोज ३ गते संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ।

कालो ब्यानर, कालै फेटा शीरमा बाँधेर राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरको नेतृत्वमा सडकमा स्थानीयहरुले संविधानको दिवसको विरोधमा र्‍याली निकालेका हुन्।

राजपाको विरोध प्रदर्शनमा र्‍याली शान्तिपूर्ण भए पनि सुरक्षा व्‍यवस्था भने कडा गरिएको छ। राजपा नेपालले विरोध र्‍यालीपछि कोणसभाको आयोजना गरेको थियो जसमा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले संविधान संसोधन नभएसम्‍म संविधानको विरोधमा कालो दिवस मनाउने चेतावनी दिए।

उनले भने, ‘जबसम्म संविधान संसोधन हुँदैन तबसम्म हामी तराई/मधेशको जनता संविधानको विरोधमा कालो दिवस मनाइरहन्छौँ। सरकार हाम्रो मागमा किन कुनियत राखेर हेर्छ? के हाम्रो माग जायज होइन? मधेश एक स्वायत प्रदेश राख्ने सहमति सरकारले किन मानेन?’

संविधान दिवसको दिन कालो दिन भनेर गरिएको र्‍यालीपछिको सभामा सहभागी हुँदै राजपा नेपाल अध्‍यक्ष मण्डलका सदस्‍य महन्थ ठाकुरलगायत सहभागीहरु। तस्बिर राजा झा/देश सञ्‍चार

उनले नेपालको अन्तरिम संविधानको १३८ (क) मा सम्पूर्ण मधेश एक स्वायत प्रदेश राख्ने सहमति भएको तर सरकारले ८ वटा मधेशको जिल्लालाई मात्र एउटा प्रदेशमा सीमित गरेको आरोप लगाए। उनले बाँकी मधेशको जिल्लाहरुलाई अन्य प्रदेशमा किन जोडियो भन्‍दै सरकारप्रति प्रश्‍न तेर्स्याए।

राज्यले थुप्रै आश्वासन दिए पनि त्यसलाई पुरा गरेन र त्यसको विरोध आफूहरु शान्तिपूर्ण तरिकाले गर्दा प्रहरीको गोली चलाएर मधेशी जनताको हत्या गरियो,’ उनले अगाडि भने, ‘संविधान जारी भएको दिन पनि आफूहरु शान्तिपूर्ण रुपले आन्दोलन गरिरहेको समय वीरगन्जको घण्टाघरमा गोली चलाएर मधेशी जनताको हत्या गरियो।’ जबसम्म संविधान संसोधन हुँदैन, तबसम्म कालो दिवसलाई निरन्तरता दिने ठाकुरले बताए।

‘अहिले सत्ता र प्रतिपक्षमा जति पार्टी छ, सबैले हतियार उठाएको छ, सबैले आन्दोलन गरेको छ,’ उनले भने, ‘तर तिनीहरुमा कुनै मुद्दा लागेन तर हामी आन्दोलन गर्दा हामीमाथि मुद्दा चलाइन्छ। अहिले पनि जनताबाट निर्वाचित रेशम चौधरी कारागारमा छन्।’

अहिले राष्ट्रमा एकल पहिचानको आधारमा राष्ट्रियताको परिभाषित गरिएकाले जबसम्म सम्पूर्ण जाति, समुदाय, धर्मको आधारमा राष्ट्रियता परिभाषित हुँदैन, तबसम्म आन्दोलन जारी रहने उनले बताए।

त्यस्तै प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले पनि आफ्नो पार्टीको निर्णय अनुसार आफुहरु संविधान दिवस नमनाएर यसको विरोधमा रहेको बताए।

जनकपुरधामको जनक चोकबाट निकालिएको विरोध जुलुस नगरका विभिन्न चोकमा घुमेर पुनः जनकचोकमा कोण सभामा परिणत भएर सम्पन्‍न भएको थियो। विरोध र्‍यालीमा युवा, महिलालगायत धेरैको उपस्थिति छ।

त्यस्तै शुक्रबार नै साँझ ७ बजे देखि ७ः१५ बजे सम्म मधेसमा ‘ब्ल्याक आउट’ गर्ने राजपा नेपालको कार्यक्रम छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?