
काठमाडौँ- उदीयमान प्रतिभा मिस्टर ओ.(ओमुक)ले आफ्नो पहिलो गीत फागुन ५ गतेदेखि सार्वजनिक गरेका छन्। ‘म टोलाई…. म टोलाई…बोलको लोक पप शैलीको गीत उनले युट्युव मार्फत् सार्वजनिक गरेका हुन्।
आदेश गुर्माछानको कम्पोजिसन रहेको गीतमा शब्द रचना र स्वर पनि गायक स्वयंको छ।
छायाँकार मेघावी शाक्य र मनिष श्रेष्ठले मोडलहरू सिद्धान्त कपाली, निशु शर्मा र विकास बर्तौलालाई दृश्यमा उतारेका छन्। यस गीतले टिन-एजका युवापुस्ताको प्रेम भावनाको प्रतिनिधित्व गरेको छ।