करेण्ट लागेर म्याग्दीमा एक जनाकाे मृत्यु

करेण्ट लागेर म्याग्दीमा एक जनाकाे मृत्यु
+
-

गलेश्वर– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा घर निर्माणको क्रममा करेण्ट लागेर एक मजदुरको मृत्यु भएको छ।

दाेलखा जिल्ला शैलुङ गाउँपालिका ३ निवासी २६ वर्षीय पेमा तामाङको आज बाबियाचौरमा करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

स्थानीय दिलकुमारी विकको घर निर्माणको क्रममा बिहान फलामको रड उठाउने क्रममा खुला बिजुलीको तारमा ठोक्किँदा तामाङलाई करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ध्रुवप्रसाद शर्माले जानकारी दिए।

उनका अनुसार बिहान साढे नौ बजेको समयमा करेण्ट लागेर ढलेका तामाङलाइ उपचारका लागि बेनी अस्पताल ल्याइएको थियो। गम्भीर अवस्थामा रहेका तामाङलाई बेनी अस्पतालले मृत घोषणा गरेको सूचना अधिकारी शर्माले जानकारी दिए।

मृतक तामाङको शव परीक्षणका लागि शवगृहमा राखिएको छ। परीक्षणपछि आफन्तलाई शव बुझाइने जनाइएको छ। मृतक तामाङ साउन १५ गतेदेखि दिलकुमारीको घर बनाउने काममा थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?