खाद्य संस्थानले सुरु गर्‍याे दशैँका लागि हुम्लामा खाद्यन्न बिक्री

खाद्य संस्थानले सुरु गर्‍याे दशैँका लागि हुम्लामा खाद्यन्न बिक्री
+
-

सिमकोट– नेपाल खाद्य संस्थानले ढुवानी अनुदानको खाद्यान्न हुम्लाकाे सिमकोट र खार्पुनाथ गाउँपालिकाका सर्वसाधारणलाई दशैँ लक्षित गरी बिक्री सुरु गरेको छ।

दशैँ नजिक आएसँगै एक हप्तासम्म लगातार सर्वसाधारणहरुका लागि संस्थानले खाद्यान्न बिक्री बितरण गर्न लागेको हो।

यस पटक संस्थानसँग अघिल्लै वर्षको खाद्यान्न मौज्दात भएको कारण दशैँलाई खाद्यान्न बिक्री गर्न सहज भएको संस्थानको शाखा कार्यालय सिमकोटका प्रमुख राम बहादुर बिष्टले बताए।

पहिलो पटक सर्वसाधारणलाई दशैँको समयमा खाद्यान्न विक्री वितरण गर्न सहज भएको बताइएको छ। गत वर्ष खाद्यान्न समस्या हुँदा प्रतिपरिवार दुई केजी खाद्यान्न बिक्री गरिएको थियो। यतिखेर संस्थानले खाद्यान्न सिमकोट, खार्पुनाथ गाउँपालिका र बजारबासीलाई बिक्री गरिरहेको छ।

यसपाली सिमकोट गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का बासिन्दाहरुलाई घर कुपनबाट प्रतिपरिवारका प्रतिसदस्य १० केजी र वडा नम्बर १, २, ३, ७ र ८ का बासिन्दाहरुलाई रासन कार्डबाट प्रतिपरिवार प्रतिसदस्य ६ केजीका दरले खाद्यान्न बिक्री गरिएको छ।

यसरी खाद्यान्न बिक्री गरिएपछि दशैँमा खाद्यान्न समस्या नहुने प्रमुख बिष्टले दाबी गरे। अर्को खार्पुनाथ गाउँपालिकाका सबै वडाहरुका लागि १ सय ४१ क्वीन्टल ३० केजी खाद्यान्न बिक्री गरिएको संस्थानले जनाएको छ।

खाद्यान्न बिक्री गर्न सहजताका लागि संस्थानले पालिका र वडा अनुसार व्यवस्था गरेकाे छ।

यो खाद्यान्न बिक्रीबाट सिमकोट गाउँपालिकाका सबै वडा र बजारबासी गरि दुई हजार ७ सय ७३ घरधुरीका १६ हजार ६ सय ६६ जनसंख्या प्रत्यक्ष रुपमा लावान्भित भएका छन् भने खार्पुनाथका १५ सय घरधुरीका सात हजार पाँच सय भन्दा बढी जनताहरु लाभान्वित भएका छन्।

संस्थानद्वारा ढुवानी अनुदानमा बिक्री हुँदै आएको खाद्यान्नमा प्रतिकेजी ५७ रुपियाँ देखि खाद्यान्नको प्रकार हेरेर ७० रुपियाँसम्म पर्ने गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?