बाफ्टा अवार्ड २०१८ : कुन विधामा कसले जित्यो अवार्ड ?

बाफ्टा अवार्ड २०१८ : कुन विधामा कसले जित्यो अवार्ड ?
+
-

बाफ्टा फिल्म अवार्ड २०१८ मा थ्री बिलबोड्र्स आउटसाइड एबिङ, मिजोरीले सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट बेलायती चलचित्र र सर्वोत्कृष्ट अभिनेत्रीसहित पाँच अवार्ड जित्यो ।

ब्रिटिस ऐकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्ले प्रदान गर्ने बाफ्टा अवार्डमा एक महिलाले आफ्नी छोरीका लागि न्यायको खोजी गरेको विषय समेटिएको चलचित्र थ्री बिलबोड्र्स आउटसाइड एबिङ, मिजोरीले सर्वोत्कृष्ट अवार्ड जितेको हो । यो चलचित्रले एक महिना अघि भएको गोल्डेन ग्लोब अवार्डमा चारवटा विधामा अवार्ड जितेको थियो ।

थ्री बिलबोड्र्स आउटसाइड एबिङ, मिजोरीकी फ्रान्सिस म्याकडोम्र्याण्डले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जित्दै आफूलाई ओस्कारको दाबेदारको रुपमा प्रस्तुत गरेकी छन् । यस्तै डार्केस्ट आवरबाट ग्यारी ओल्डम्यानले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जिते ।

फ्यान्टासी रोमान्समा बनेको द सेप अफ वाटरले सर्वोत्कृष्ट निर्देशकसहित तीनवटा अवार्ड जित्यो । अवार्ड समारोहमा सहभागी भएका अधिकांश कलाकारले कालो पहिरन लागएका थिए ।

उनीहरुले यौन हिंसा विरुद्ध सुरु भएको टाइम्स अप अभियान र मि टू ह्यासट्याग अभियानको समर्थनमा कालो पहिरन लगाएका हुन् ।

कुन विधामा कसले जिते अवार्ड ?

सर्वोत्कृष्ट चलचित्र – थ्री बिलबोड्र्स आउटसाइड एबिङ, मिजोरी
सर्वोत्कृष्ट ब्रिटिस चलचित्र – थ्री बिलबोड्र्स आउटसाइड एबिङ, मिजोरी
सर्वोत्कृष्ट निर्देशक – गिलेर्मो डेल तोरो, द सेप अफ वाटर
सर्वोत्कृष्ट अभिनेत्री – फ्रान्सिस म्याकडोम्र्याण्ड, थ्री बिलबोड्र्स आउटसाइड एबिङ, मिजोरी
सर्वोत्कृष्ट अभिनेता – ग्यारी ओल्डम्यान, डार्केस्ट आवर
सर्वोत्कृष्ट सह–अभिनेत्री – एलिसन ज्यानी, आइ, टोन्या
सर्वोत्कृष्ट सह–अभिनेता – साम रकवेल, थ्री बिलबोड्र्स आउटसाइड एबिङ, मिजोरी
इइ राइजिङ स्टार अवार्ड – ड्यानियल कालुया, गेट आउट
सर्वोत्कृष्ट ब्रिटिस लेखक, निर्देशक वा निर्माता – आई एम नट अब विच
सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्र – द ह्याण्डमेडियन
सर्वोत्कृष्ट वृत्तचित्र – आइ एम नट योर निग्रो
सर्वोत्कृष्ट एनिमेटेड चलचित्र – कोको
सर्वोत्कृष्ट ओरिजिदल स्क्रिनप्ले – थ्री बिलबोड्र्स आउटसाइड एबिङ, मिजोरी
सर्वोत्कृष्ट एडप्टेड स्क्रिनप्ले – कल मि बाइ योर नेम
सर्वोत्कृष्ट ओरिजिदल संगीत – एलेक्सान्डर डेस्प्लेट, द सेप अफ वाटर
सर्वोत्कृष्ट सिनेम्याटोग्राफी – रोजर डिकिन्स, ब्लेड रनर २०४९
सर्वोत्कृष्ट सम्पादन – जोनथन एमोस र पउल म्याचिलिस, बेबी ड्राइभर
सर्वोत्कृष्ट प्रोडक्सन डिजाइन – पउल अस्टरबेरी, जेफ मेल्विन र शन विएउ, द सेप अफ वाटर
सर्वोत्कृष्ट कस्ट्युम डिजाइन – मार्क ब्रिजस्, पान्थम थ्रेट
मेक–अप एण्ड हेयर – डेविड मालिनोवास्की, इभाना प्रिमोराक, लुसी सिब्बिक र काजुहिरो सुजी, डार्केस्ट आवर
सर्वोत्कृष्ट ध्वनी – रिचार्ड किङ, ग्रेग ल्याण्डकर, ग्रे ए रिजो र मार्क विनगार्टन, डनक्रिक
स्पेसल भिजुअल इफेक्टस् – गेर्ड नेफ्जर र जोन नेल्सन, ब्लेड रनर २०४९
ब्रिटिस सर्ट एनिमेसन – पोलिस अपार्ट
ब्रिटिस सर्ट फिल्म – काउब्बाई डेभ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?