हुम्लाको उच्च हिमाउली गाउँ याल्वाङमा आजदेखि महाेत्सव हुँदै

हुम्लाको उच्च हिमाउली गाउँ याल्वाङमा आजदेखि महाेत्सव हुँदै
+
-

सिमकोट – पर्यटन क्षेत्रको ठूलो संभावना बोकेको हुम्लाको नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा सोमबारदेखि याल्वाङ लिमी महोत्सब सुरु हुँदैछ । महोत्सवको तयारी पूरा भएको र आमन्त्रण गरिएका सबै पाहुनाहरु सबै कार्यक्रम स्थलमा पुगिसकेको आयोजकले जनाएको छ ।

पालिका केन्द्रको याल्वाङ चौरमा टेण्टको व्यवस्था गरेर महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ । महोत्सवमा मुख्य गरी स्थानीय अर्गानिक अन्नपातका परिकारहरु विशेष गरेर मिठेर तिते फापरको रोटी, ढिडो, चिनोको चामलको भात र खीर, चौरी घ्यु, नौनी, छुर्पी, नाफलको रोटी, उवा सातु, सिस्नुको फाँडो, हिमाली उच्च क्षेत्रमा पाईने सिमीको दाल, जिम्बुको स्वाद लिन पाइने छ । त्यसैगरी नाम्खा गाउँपालिकाका पाँचवटै वडाका भेषभुषा, साँस्कृति झाँकी पनि प्रर्दशनी गरिने छ ।

महोत्सवमा तयार पारिएका स्टलमा पहिरन र स्थानीयले हातैले बुनेका कपडाहरु पनि राखिनेछ । सहप्रायोजक इसिमोडका प्रतिनिधि बाहेक अन्य कुनै पनि पाउनाहरुलाई बोलाइएको छैन ।

गत वर्ष लिमी महोत्सव हुँदा तामझामका साथ कर्णाली प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री र सांसदहरु आउँदा पनि चालु आर्थिक वर्षमा लिमीको पर्यटन प्रवर्द्धनका लागि कुनै ध्यान नदिएकाले नबोलाइएको बताइएको छ । तर उनीहरुले चढेको हेलिकप्टरको भाडा गाउँपालिकाले नतिर्ने अध्यक्ष लामाले यसअघि नै बताइ सकेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?