
सिमकोट– पेनस्टिक पाइप नयाँ जडान र नहर ममर्त कार्य सकिएपछि प्रशारण गरिएको हिल्दुम साना जलविद्युत आयोजनाको परीक्षण सफल भएको छ । विद्युत परीक्षण गरिएपछि २० दिन पछि सिमकोटमा बत्ती बलेको छ ।
नहरको मर्मत कार्य सकिएपछि बिहीबार बेलुका साढे पाँच बजे परीक्षण प्रशारण गरिएको र जुन सफल भएको हिल्दुम साना जलविद्युत आयोजनाले जनाएको छ ।
यस अघि विद्युतको पेनस्टिक पाइप जडान गर्ने कार्य सम्पन्न भएको थियो । अब नियमित रुपमा विद्युत आपुर्ती हुने आयोजनाले जनाएको छ ।