‘चियामा हाल्ने विषादी भन्दै लुकाइएको थियो विस्फोटक पदार्थ’

‘चियामा हाल्ने विषादी भन्दै लुकाइएको थियो विस्फोटक पदार्थ’
+
-

झापा – ‘यो चियामा हाल्ने विषादी हो’ भन्दै जमिन मुनी जुटको बोरामा हालेर गाडेर राखेको ठूलो परिमाणको विस्फोटक पदार्थ ‘नियो जेल’ नेपाल प्रहरीले बरामद गरेको छ।

आइतबार साँझ जिल्ला प्रहरी कार्यालय झापा तथा इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोली उक्त परिमाणको विस्फोटक पदार्थ अर्जुनधारा नगरपालिका १ सिस्नेबाट बरामद गरेको हो।

बरामद गरिएको विस्फोटक पदार्थ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले राखेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रहरीका अनुसार बमका लागि आवश्यक ‘हाइ एक्सप्लोसिभ’ बरामद भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए। बरामद गरिएको विस्फोटक पदार्थ इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ।

थापाले भने, ‘बरामद गरिएको विस्फोटक पदार्थमा बम बनाउन प्रयोग हुन्छ।’ जिल्लामा श्रंखलावद्ध रूपमा बम विस्फोटका घटना हुन थालेपछि प्रहरीले विप्लवका जिल्ला सेक्रेटरी इलाम माङ्सेबुङ गाउँपालिका–१ का ३४ वर्षीय प्रवीण मिश्र ‘मनिष’, जिल्ला सदस्य हल्दीवारी गाउँपालिका–५ का ४४ वर्षीय टीका पोखरेल र मकवानपुर भिमफेदी गाउँपालिका–२ का २६ वर्षीय अनुल सारु मगरलाई पक्राउ गरेको थियो।

उनीहरूकै बयानको आधारमा अर्जुनधारामा भण्डारण गरी राखिएको विस्फोटक पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?