
दशैँ शुरु भएसँगै अहिले जनकपुरधामको सबै शक्तिपिठहरु दुल्हिझै सिँगारिएको छ।
दशैँको पहिलो दिनदेखि नै यहाँको सबै शक्तिपिठहरुमा विभिन्न किसिमको रगिंचगिं बत्ती लगाएपछि अहिले यो मन्दिरहरु आर्कषणको केन्द्र बनेको छ।
राजा जनकको कुल देवताको रुपमा रहेको राजदेवी मन्दिर भने अहिले सबैको आर्कषणको केन्द्र बनेको छ।
अहिले जनकपुरको रामानन्द चौक, मुर्ली चौक, भ्रमरपुरा चौक, पिडडीया माईस्थान लगायतका स्थानमा दुर्गाको प्रतिमा स्थापित गरि रंगीचङगी बल्व, पण्डालको प्रयोग गरिएको छ।
राजदेवी मन्दिरसहित यहाँ करिब एक दर्जन ठाउँमा दुर्गाको प्रतिमा स्थापित गरि पूजा गर्ने गरिन्छ।
दशैँको सूरक्षालाई ध्यानमा राखि जनकपुरधाम नगर क्षेत्रभित्र ४ सय ८५ जना प्रहरी कर्मचारीलाई खटाईएको छ, भने सूरक्षाको कडा व्यवस्था गरिएको छ।