टेलिकमको जेनेरेटर सेनाको हेलिकोप्टरमा हुम्ला पुग्यो

टेलिकमको जेनेरेटर सेनाको हेलिकोप्टरमा हुम्ला पुग्यो
+
-

सिमकोट – नेपाल टेलिकमले नेपालगञ्जबाट जेनेटर हेलिकोप्टरमा ढुवानी गरेर हुम्ला उतारेको छ । विद्युत सेवा अवरुद्ध भएको समयमा टेलिकमले आफ्नो सेवालाई चौबीसै घण्टा नियमित गर्न महंगो हवाई भाडा तिरेर हुम्लाका लागि जेनेरेटरको व्यवस्था गरेको हो ।

नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमा नेपालगञ्जबाट जेनेरेटर जिल्लामा आएको नेपाल टेलिकम हुम्ला शाखाका निमित्त कार्यालय प्रमुख रामबहादुर बोहराले बताए ।

टेलिकमका सबै सेवालाई विद्युतको समस्या भएका बेला धान्न सक्ने क्षमता भएको जेनेरेटर जिल्लामा आएको बोहराले बताए । साढे १२ सय केजी तौल भएको र १५ केभी पावर उत्पादन गर्ने गर्न सक्ने जेनेरेटर जिल्लामा आएपछि अब विद्युत सेवा अबरुद्ध भएको अवस्थामा पनि टेलिकमले आफ्ना सेवाहरु सुचारु राख्न सक्ने छ ।

यस अघि गत भदौ २० गतेबाट हिल्दुम साना जलविद्युत आयोजनाको सेवा बन्द हुँदा जनेरेटरकै कारण केही दिन टेलिकमका सेवाहरु बन्द भएका थिए । त्यस पछि नेपाल टेलिकमलाई विकल्प खोज्न दबाब सृजना भएको थियो । जसको कारण महंगो हवाई ढुवानी तिरेर टेलिकमले जेनेरेटर जिल्लामा पठाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?