१ सय १० वर्षीया गौरी आचार्यलाई पोखरा महानगरको सम्मान

१ सय १० वर्षीया गौरी आचार्यलाई पोखरा महानगरको सम्मान
+
-

पोखरा-अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले २ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ।

२९ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा १ सय १० वर्षीया गौरी आचार्य र १ सय ७ वर्षीय पदमबहादुर गुरुङलाई सम्मान गरेको हो।

पोखरा ११ काँहुकी आचार्य र पोखरा ३३ का गुरुङलाई नगद १० हजार १ सय २५, फूलमाला र दोसल्ला ओढाएर महानगरका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले सम्मान गरेका हुन्।

महानगरले प्रत्येक वर्ष ज्येष्ठ नागरिक मध्ये २ जनालाई सम्मान गर्दै आएको छ। महानगरले उनीहरुलाई नगर पिता र नगर आमाको रुपमा सम्मान गरेको हो।

कार्यक्रममा बोल्दै महानगरका प्रमुख जिसीले सम्मानले सकारात्मक सोचको विकास गराउने बताए।

उनले ज्येष्ठ नागरिकको मनमा चोट पुग्ने काम कसैले पनि गर्न नहुने र उनीहरुलई सम्मानपूर्वक बाच्ने वातावरण मिलाउनु पर्ने बताए। उनले जेष्ठ नागरिकको लागि ज्येष्ठ नागरिक क्लब निर्माण गर्ने सोच महानगरपालिकाले बनाएको बताए।

कार्यक्रममा उपप्रमुख गुरुङले ज्येष्ठ नागरिक स्वास्थ्यलाई ध्यानमा राखेर महानगरले घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको बताइन्।

उनले जनप्रतिनिधि आइसकेपछि जेष्ठ नागरिकहरुले पाउने भत्तामा १० प्रतिशत थपेर महानगर भित्रका सबै ज्येष्ठ नागरिकलाई भत्ता दिइएको जानकारी दिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?