कास्की – पोखराको विजयपुर खोलामा टाईम बम विस्फोट भएको छ । घटनामा पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् ।
उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । पत्रकार पाण्डे गण्डकी मिडिया हाउस अन्तर्गत रेडियो गण्डकी र गण्डकी टेलिभिजनमा कार्यरत छन् ।
विलप्व नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा केही समय लागेको थियो । त्यही क्रममा बम विष्फोट भएको थियो ।
शंकास्पद बस्तु भनेर रिपोर्टिङ गर्न पुगेका पाण्डेको टाउको र घाँटीमा चोट लागेको छ । पाण्डेसँगै एकजना प्रहरी जवान र अर्का एक सर्वसाधारण पनि घाइते भएको प्रहरीले जनाएको छ ।