जनकपुर–पोखरा हवाई सेवा तत्काल शुरु गर्नुपर्छ: मुख्यमन्त्री राउत

जनकपुर–पोखरा हवाई सेवा तत्काल शुरु गर्नुपर्छ: मुख्यमन्त्री राउत
+
-

जनकपुरधाम– प्रदेश–२ मा पर्यटनको प्रचुर सम्भावना रहेतापनि त्यसको सदुपयोग हुन नसकेको प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन्।

पर्यटन प्रवर्द्धनमा ध्यान दिइयो भने यो क्षेत्र समृद्धिको मुख्य आधार बन्न सक्ने उनकाे भनाई छ।

गण्डकी प्रदेशले शुरु गरेको आन्तरिक पर्यटन वर्षको प्रचार–प्रसारको क्रममा जनकपुर आएको टोलीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रचार–प्रसारको अभावको कारणले यहाँका पर्यटकिय क्षेत्रहरु सबैको रोजाईको क्षेत्र बन्न नसकेको बताए।

उनले पर्यटन क्षेत्रलाई पहिचान गरेर प्रदेश सरकारले पर्यटकीय विकासका लागि यस क्षेत्रलाई आफ्नो प्राथमिकमा राखेर अगाडी बढ्ने बताए।

जनकपुरधाममै रहेका धार्मिक ऐतिहासिक महत्व बोकेका मठमन्दिर तथा पोखरीको प्राकृतिक सौन्दर्यतालाई जोडन सकियो भने लाखौँ पर्यटकलाई लोभ्याउन सकिने राउतले बताए।

प्रर्यटन प्रवर्द्धनको लागि तत्काल जनकपुर–पोखरा हवाई यात्रा शुरु गर्नुपर्नेमा मुख्यमन्त्री राउतलले जोड दिए। उनले प्रचार–प्रसारको कारणले ओझेलमा रहेका यहाँका पर्यटकिय क्षेत्रहरुलाई अब प्रदेश सरकार आफ्नो जिम्मेवारीमा यसको प्रचार–प्रसारमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश–२ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रदेश सभा सदस्य राम अशिष यादव, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, पर्यटन व्यवसायीलगायतकाे उपस्थिति थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?