
मानिस जस्तै ह्वेल बोल्न सक्छ भन्दा पत्यार नलाग्ला तर फ्रान्समा एउटा किल ह्वेल भने मानिस जस्तै ‘हेल्लो’ र बाइ बाइ बोल्न सक्ने बीबीसीले उल्लेख गरेको छ। बीबीसीका अनुसार यो नै पहिलो ह्वेल हो जसले मानिसको जस्तै बोलीको नक्कल गर्न सक्छ।
मरीन पार्कमा एक प्रशिक्षकले यो ह्वेललाई मानिसको जस्तै बोल्न केही शब्द सिकाएका हुन्। यसका साथै ह्वेलले मानिसको आवाज भन्दा आफ्नै नयाँ प्रकारको आवाज समेत निकाल्ने गर्दछ।
युनिभर्सिटी अफ सेन्ट एन्ड्रयुएजका एक शोधकर्ता डा. जोसेफ काल भन्छन्, ‘ स्तनधारी जनावरमा यो निक्कै दुर्लभ हो।’ उनी थप्छन्, ‘ त्यसमा पनि मानिस सबैभन्दा श्रेष्ठ हो। तर खास कुरा के हो भने स्तनधारीमा पनि समुन्द्री जीव सबभन्दा उत्तम हुन्छ।’
शोधकर्ताले ह्वेलले नक्कल मात्र होइन चाहेमा बोली पनि बोल्न सक्ने दाबी गरेका छन्। यसको लागि उसले मरीनल्याण्डमा एक्वेरियममा एउटा ह्वेललाई छानेका छन् र अनुसन्धान गरिरहेका छन्।
विकीलाई मानिसको जस्तै बोल्न केही शब्द सिकाइएको छ र यसलाई दोहोर्याएर रेकर्ड गरिएको छ। जसमा किलर ह्वेलले हेल्लो, एमी तथा वान, टू, थ्री लगायतका शब्दका साथै फरक फरक आवाजमा बोल्ने गरेको पाइएको छ।
किलर ह्विल समूहमा साथै बस्ने र आफ्नो फरक बोली बोल्न समेत जान्ने हुन्छन्। डा. कल भन्छन्, ‘ मैले जुन ह्वेलमाथि अनुसन्धान गरे, त्यो अन्य किलर ह्वेलका साथै मानिसको बोली पनि सिक्न सक्षम थिइन्।’
‘यो अनुसन्धानले भन्छ की एउटा ह्वेल अरुको उच्चारण सिक्छन् र आफ्नो नयाँ बोली पनि विकसित गर्न सक्छन्। जस्तै मानिसको बोली नक्कल गर्न।’ डल्फिन तथा बेलुगा ह्वेलले पनि अर्को आवाज नक्कल गर्न सक्छन्।
विकीले उक्त आवाज पानीमाथि मुख निकालेर बोल्ने गर्छन् भने पानी भित्रको आवाज भने फरक हुन्छ। तर शोधकर्ताले यो अनुसन्धान एउटा मात्रै ह्वलमाथि गरिएकाले सबै ह्वेल मानिसको जस्तै बोली बोल्न सक्ने दाबी गरेका छैनन्। उनले भनेका छन्, ‘ मेरो अनुसन्धान एउटा मात्रै ह्वलमाथि हो। तर यो जस्तै आवाज अरु ह्वेलले ननिकाल्न नि सक्छन्।’
उनले किलर ह्वेललाई डल्फिन प्रजातिको सबैभन्दा ठूलो र विश्वकै शक्तिशाली सिकारी मानिन्छ। यो सील तथा लायन जस्तै समुन्द्री जीवको शिकार गर्ने गर्दछन्।