विराटनगर – प्रदेश सरकार र प्रतिपक्षमा रहने दलबीचको समझदारीवाट प्रदेशमा समृद्वि सम्भव हुने प्रदेश नम्बर १ का प्रमुख डा. गोविन्द तुम्बाहाङले बताएकाछन् ।
पाँचथरको फिदिममा मंगलबार आयोजित संक्षिप्त पत्रकार सम्मेलनका क्रममा प्रदेश प्रमुख तुम्बाहाङले सबैको एकता र समझदारीले प्रदेशको विकास हुनेमा जोड दिएका हुन् ।
पत्रकारसँग कुरा गर्दै सरकारमा प्रतिनिधित्व गर्ने दलले मात्तिने र प्रतिक्षमा रहने दल आत्तिने हो भने संघीयता कार्यन्वयनमा प्रश्न उठ्ने बताए ।
प्रदेश सरकार गठन भइसके पनि प्रदेश कानुन निर्माण भई नसकेकाले प्रदेश केन्द्र र स्थानीय तह बिचको समन्वयमा तत्कालका लागि मात्र केही कठिनाई भइरहेको उनको भनाई छ । प्रदेश प्रमुख तुम्बाहाङ अन्तर्राष्ट्रिय च्याब्रुल महोत्सव उद्घाटन गर्न फिदिम पुगेका हुन् ।