
सिमकोट–दसैँका लागि ताक्लाकोटबाट चिनियाँ च्याङ्ग्रा हुम्ला आउने क्रम सुरु भएको छ । दसैँमा व्यापार राम्रो हुने भएपछि ताक्लाकोट पुगेर नेपाली व्यापारीले च्याङ्ग्रा ल्याएका हुन् ।
यस वर्ष ताक्लाकोटमै च्याङ्ग्राको मूल्य बढी परेको कारण नेपालमा पनि मूल्य बढेको छ । त्यसै गरि ताक्लाकोट बाटै अरु आधार दर्जन भन्दा बढी समूहरुले च्याङ्ग्रा ल्याएर बाटोमा आउदै गरेको स्थानीय लोग भण्डारीले बताए ।
चीनबाट आउने च्याङ्ग्रा ठूला र मोटा हुने गरेका छन् । मुल्य पनि १७ देखि २० हजार पर्ने गरेको छ ।