झिझियामा झुम्दै मिथिलाञ्चल

झिझियामा झुम्दै मिथिलाञ्चल
+
-

जनकपुरधाम– मिथिलाञ्चलका गाउँगाउँमा यतिबेला झिझियाको गीत गुन्जिन थालेको छ। पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा छुट्टै महत्व रहेको छ। घटस्थापनादेखि विजयादशमीसम्म देवी स्तुतिका रूपमा यो नृत्य गरिन्छ।

याे पराम्परामा केही अन्धविश्वाससमेत जाेडिएकाे छ। अहिले पनि झिझिया नृत्यले बाेक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका हुने अन्धविश्वास कायमै छ।

यसको बनावट र स्वरूप भित्र जादु टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ। बलिरहेको दियो तथा असंख्य प्वाल पारिएको घैंटो त्यसकै नमुना हो।

टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँबायाँ हल्लाइरहने प्रवृत्तिले यसमा निहित विशेष अर्थलाई संकेत गर्छ। महिलाको टाउकामा राखिएको घैंटोको प्वाल कुनै बोक्सीले गन्न सफल भयो भने नाच्ने महिलाकाे मृत्य हुने अन्धविश्वास रहेको छ।

त्यसैकारण सो घैंटो टाउकोमा राखी जादु टुनामुनाबाट मुक्ति पाउनका लागि परम्परागत रूपमै नृत्य गरिने चलन छ।

झिझिया नृत्यको आफ्नै सुर र ताल हुन्छ। त्यो विशेष सुर र ताल तथा झिझियाको गीतमा झुमेर टाउकामा घैंटो राख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्दै जाँदा अद्भूत वातावरणको सृजना हुन्छ। नृत्यसँगै गाइने सो गीतमा बोक्सीलाई गाली गरिनुका साथै धम्कीसमेत दिइने गरिन्छ।

धनुषालगायत महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, बारा, पर्सासहितका जिल्लामा झिझिया मनाइन्छ। झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोकनृत्य हो।

मिथिलामा झिझिया नृत्यको आफ्नै मौलिकता, पहिचान र इतिहास छ। घैंटोमाथि बलिरहेको आगोको डल्लाे लिएर नृत्य गर्नु साहस र कलाको अलौकिक प्रदर्शन हो।

समाज रूपान्तरणसँगै लोकनृत्य लाेप हुन थालेका छन्। तैपनि गाउँघर तथा सहर बजारमा जीवित राख्नकै लागि भए पनि वर्षेनी झिझिया नृत्यको आयोजना गरिँदै आएको छ।

नेपालमा बोक्सीको आरोप लगाउनेहरूलाई सजाय दिइने कानुनी व्यवस्था छ। सजायको कानुनी व्यवस्था भए तापनि बोक्सीकाे आराेपमा महिलाहरुलाई कुटपिट गर्ने घटनामा कमी आएको पाइँदैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?