सिमकोट विमानस्थलमा यात्रुलाई सास्ती

सिमकोट विमानस्थलमा यात्रुलाई सास्ती
+
-

सिमकोट – नेपालगञ्जबाट सिमकोट आउन त सास्ती थियो पहिलेदेखि नै । अहिले हुम्लाबाट दसैँ मनाउन घर जाने यात्रुहरुलाई पनि उडान कम हुँदा सास्ती भएको छ ।

एकातिर कम उडान हुनु, त्यसमाथि मौसम बिग्रिए पनि हुने उडान पनि समयमा नहुँदा यात्रुहरुले सास्ती खेप्नु परेको हो । हुम्लाका लागि उडान भर्ने तारा, सीता र समिट एयरका सिमकोट स्टेसनमा पहिलो कुरा त टिकट पाउनै मुस्किल हुने र टिकट पाए पनि हवाई जहाज कुर्दै तनावमा हुनु सिमकोटबाट नेपालगञ्ज र सुर्खेतको यात्रा गर्ने यात्रुको दैनिकी जस्तै भएको यात्रुहरुको गुनासो छ ।

बिहानभरि यात्रुहरुलाई निजी एयरलाईन्सका टिकट काउण्टरमा धाउँदै ठिक्क हुने गरेको छ । जता टिकट बाँड्ने सुइँको यात्रुले पाउने गर्छन् । त्यतै यात्रुहरुको भिड लाग्ने गर्छ । तर एक फलाईटमा जम्म १४ जनाले टिकट पाउने गर्छन्, बाँकीले अर्को एयरलाईन्सको टिकट काउण्टरमा धाउन पर्ने बाध्यता छ तर टिकट पाउने नपाउने निश्चित भने छैन ।

त्यसमाथि जहाजले कम उडान गर्दा बल्लबल्ल पाएको टिकक पनि क्यान्सिल हुने गरेको छ । यात्रुहरुले तीन चार दिनसम्म टिकट नपाएर सिमकोटमा बस्नु परिरहेको छ । पर्यटकीय सिजनमा बेलुका ६ बजेसम्म उडान भर्ने निजी एयरलाईन्सहरुले हिजोआज बढीमा दुई वटासम्म उडान भर्ने गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?